६ श्रावण २०८३, बुधबार | July 22, 2026

दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई



गुल्मी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मीमा दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले गर्ने भएका छन् । महिलाले नेतृत्व गर्ने मतदान केन्द्रमा रेसुङ्गा नगपालिका‐८ स्थित सिद्धबाबा माध्यमिक विद्यालय को (क) केन्द्र र रेसुङ्गा नगपालिका‐५ स्थित जनसहयोग माध्यमिक विद्यालयको (ख) केन्द्र रहेका छन् ।

उक्त मतदान केन्द्रमा सुरक्षाकर्मीसहित सम्पूर्ण महिला कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक मतदान अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिए । सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयको (क) केन्द्रको बुथमा मतदान अधिकृत सृजना मिश्र रहेकी छन् । त्यसैगरी, भुवनपानीस्थित जनसहयोग माध्यमिक विद्यालयको (ख) केन्द्रको बुथमा मतदान अधिकृत पुष्पा रायमाझी अर्याल रहेकी छन् ।

जिल्ला निर्वाचन कार्यालयद्वारा गुल्मीमा दुईवटै क्षेत्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ । निर्वाचन अभिमुखीकरणपश्चात् निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न मतदान अधिकृतलाई जिम्मेवारी प्रदान गरिएकोे जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा एक हजार ७१६ कर्मचारी खटाइएको छ । निर्वाचनका लागि जिल्लामा रहेका २८५ मतदान केन्द्रमा २८५ मतदान अधिकृत, २८५ सहायक मतदान अधिकृत, प्रत्येक मतदान केन्द्रमा तीन जनाका दरले ८५५ सहायक कर्मचारी र २८५ सहयोगी कर्मचारी परिचालन गरिने निर्वाचन अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

जिल्ला कारागार कार्यालयमा कर्मचारी तथा कैदीबन्दीका लागि एक अस्थायी मतदान केन्द्र राख्न निर्वाचन आयोगलाई सिफारिस गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा एक लाख १५ हजार २१० महिला, एक लाख १४ हजार ३३७ पुरुष र अन्य दुई गरी कुल दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १ : ५८ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९