४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने



काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा अल नासरले अल खालीजलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । २ खेलको प्रतिबन्धपछि खेलमा फर्किएका रोनाल्डोले दुई गोल गर्दै अल नासरलाई फाइनलमा पुर्याएका हुन् । त्यस्तै अल नासरको लागि अर्को गोल साडियो मानेले गरेका थिए ।

त्यसैगरी अल खालीजका लागि एक गोल फवाज टोराल्सले गरेका थिए । यस अघि पहिलो सेमिफाइनलमा अल हिलालले अल इतिहादलाई २-१ ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अब किङ कपको फाइनल खेल मे ३१ मा हुने छ र फाइनलमा अल नासर र अल हिलाल भिड्ने छन् । अल हिलाल किङ कपको डिफेन्डिङ च्याम्पियन समेत हो ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ८ : ०५ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको