३ पुस २०८२, बिहिबार | December 18, 2025

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या



काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । बिहीबार करिब ४ बजेदेखि वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो ।

उनीहरुले भारतीय कम्पनि एयरटेल, टाटा लगायतका कम्पनिलाई ब्याण्डविथ वापतको करिब ३ अर्ब रकम नतिरेपछि इन्टरनेटको व्याण्डविथ काटिएको बताइएको छ । यसबाट नेपालका करिब ८० लाख भन्दा बढी इन्टरनेटका ग्राहक प्रभावित भएका छन् ।

इन्टरनेट सेवा प्रदायकहरुले केहि दिनअघि पत्रकार सम्मेलन गरेर नै सरकारले भुक्तानीका लागि विदेशी मुद्रा सटहीको सिफारिस नगरेकोले भुक्तानीमा समस्या भएको बताएको थियो ।

अर्कोतर्फ सरकारले भने इन्टरनेट सेवा प्रदायकले सरकारलाई तिर्नुपर्ने रियल्टीलगायतका शुल्क नतिरेको भन्दै विदेशी मुद्रा सटहीको सिफारिस गर्न मानिरहेको छैन ।

उत्पन्न समस्या हालसम्म पनि समाधान हुन सकेको छैन।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ८ : १५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका