७ चैत्र २०८२, शनिबार | March 21, 2026

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने



बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने सरोकारवालाले बताएका छन् । बर्दियाको बढैयाताल गाँउपालिकाका ११ सामुदायिक विद्यालयका प्रधानध्यापक तथा शिक्षक प्रतिनिधिहरुकालागि राखिएको लैङ्गिक रूपान्तरण, समावेशी शिक्षा र कक्षा व्यवस्थापन सम्बन्धी तीनदिने क्षमता विकास तालिममा सहभागीहरुले शिक्षकहरुले अध्यापन गराउँदा विद्यार्थीहरुको लैङ्गिक, शारीरिक र मानसिक अवस्थाको पहिचान गरि कक्षा कोठा व्यवस्थापन गर्न सके शैक्षिक स्तरमा गुणत्मक विकास हुने ठहर गरेका हुन् ।

लैङ्गिक असमानता र समावेशीताको अभावमा विद्यार्थीहरुले लक्षित शैक्षिक ज्ञान हासिल गर्न नसकेको बताउँदै उनीहरुले शिक्षकले विद्यार्थीको मनोविज्ञान बुझ्न सकेमात्र शैक्षिक नतिजामा सकारात्मक नतिजा आउने बताए ।

तालिमको समापनका अवसरमा बोल्दै बाँके युनेस्को क्लवका अध्यक्ष रबि तुलाधरले शिक्षकहरुको क्षमता अभिबृद्धि गर्न र विद्यालयको शैक्षिक अवस्थाको सुधारका लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।

बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले विद्यालयको शैक्षिक सुधारका लागि शिक्षकहरू जिम्मेवार र दक्ष बन्न आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त व्यवहारिक ज्ञानबाट विद्यालयको शैक्षिक अवस्थामा गुणात्मक विकास हुने बताए । उनले विद्यालयको कक्षा कोठा देखि शिक्षकहरुको बोलि बचन र व्यवहारबाट विद्यार्थीहरुको शिक्षा प्रतिको इच्छा शक्तिको उजागर हुने बताए ।

तालिममा अपाङ्गता भएका बालबालिकाहरूको शैक्षिक अधिकार, उनीहरुको मनोविज्ञान र शिक्षकको भुमिका सम्बन्धमा प्रशिक्षक सञ्जीव कुमार जोशीले सहजीकरण गरेका थिए ।

तालिममा बढैयाताल गाउँपालिकाका ११ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू गरी करिब ४० जनाको सहभागिता रहेको बाँके युनेस्को क्लबले जनाएको छ ।

तालिमबाट विद्यार्थीको मनोविज्ञान र उनीहरुको वास्तविक अवस्था पहिचान गर्न सहज भएको तालिममा सहभागी शिक्षक कमलराज अधिकारीले बताए । उनले यस्ता तालिम शिक्षकहरुसँगै विद्यार्थी र अभिभावकहरुलाई पनि दिनु पर्ने सुझाव दिए ।

अर्का सहभागी शिक्षिका बिन्दु शर्माले तालिमबाट पुनर्ताजगी प्राप्त भएको बताउँदै सिकेका ज्ञानबाट विद्यालयको शैक्षिक प्रगतिमा योगदान पुग्ने बताइन् ।

कार्यक्रममा, बाँके युनेस्को क्लबका अध्यक्ष तुलाधर, प्रमुख संरक्षक सिद्धिकी, क्लवकी उपाध्यक्ष पञ्चम गुरुङ, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी लगायतले तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा युनेस्कोका कार्यक्रम संयोजक महेश नेपाली र प्रतिनिधि लक्ष्मी चौधरीले स्थानीय सहजिकरण गरेका थिए ।

बाँके युनेस्को क्लबले प्लान नेपालको साझेदारीमा सो तालिम सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ७ : २७ बजे

कर्णाली प्रदेशसभाबाट हिमाली जिल्लामा नियमित हवाई उडान गर्ने ६ बुँदे संकल्पपत्र पारित

कर्णाली । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौं । जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६

ढोरपाटनमा भारी हिमपात

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी