१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

गुरुकुल एकेडेमीमा शिक्षक प्रशिक्षण सम्पन्न



कपिलवस्तु । कपिलवस्तु-६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई पेसागत दक्षतासम्बन्धी १ दिने प्रशिक्षण प्रदान गरिएको छ ।

प्रशिक्षणमा कक्षा प्रि-नर्सरीदेखि कक्षा ८ सम्म अध्यापनरत शिक्षकशिक्षिकाहरूलाई लक्षित गरी प्रशिक्षक पुरुषोत्तम पाण्डेयले पेसागत क्षमता, व्यक्तित्व र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए भने सीमा थापाले प्रि-नर्सरी, नर्सरी र केजीमा आर्ट एन्ड क्राफ्ट, संस्कार र संस्कृति तथा व्यावहारिक ज्ञान सिकाउने प्रयोगात्मक अभ्यास, कक्षाकोठा व्यवस्थापनसम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य युवराज बेल्बासेले शिक्षण सिकाइ क्रियाकलाप, शिक्षणकौशल र पेसागत दक्षता विकासका लागि प्रशिक्षण राखिएको बताउँदै गुरुकुल एकेडेमीले गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप र आधुनिक सिकाइको वातावरण तयार गर्दै अगाडि बढिरहेको कुरा बताए ।

१ दिने प्रशिक्षणमा विद्यालयका शिक्षकशिक्षिकाहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो भने प्रशिक्षण सिकाइमूलक र प्रभावकारी रहेको कुरा सहभागी शिक्षिका माया वमसिंहले बताए ।

गुरुकुल एकेडेमीले गुणस्तरीय शिक्षा, विद्यार्थीहरुको क्षमता पहिचान, प्रोत्साहन र संस्कार एवम् संस्कृतिसम्बन्धी व्यावहारिक ज्ञान समेत दिँदै आइरहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ५ : ४३ बजे

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान

३३ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश

“रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती” : पर्यटन नीतिमा आमुल परिर्वतनको खोजी

बुटवल । नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो

सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदको आइतबारको बैठकमा सांसद