१७ असार २०८३, बुधबार | July 1, 2026

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक वनभित्र रहेको नन्दिनी गौशाला मा स्थानीयको सहभागीता बढ्दै गएको छ । गौशालामा ब्यवस्थापन गरिएका गाई र गोरुहरुलाई बुटवल र यस आसपासका संघ संस्थाहरुले हरेक दिन दाना तथा बिभिन्न खाद्य सामाग्री दान गरिरहेका छन् ।

आज एकादशीको अवसर पारेर बुटवल ७ स्थित निलकण्ठ आमा समुहले गाइ गोरुको लागी आँटा, दाना , पराल , नुन लगायतका आहार सहयोग गरेको छ । आमा समुहका पदाधिकारी सहित सदस्य र स्थानीय महिलाहरु गौशाला पुगेर आहार हस्तान्तण गरेका थिए ।

चैत महिना भर बुटवल उपमहानगरले अभियान नै चालाएर मुख्य सडक र चोकहरुबाट छाडा पशु चौपायालाई ‘खेदेर’ गौशालामा पु¥याइएको थियो । चैत्र महिनाभर र त्यस यता गरि गौशालामा ७ सय गाई गोरुको व्यवस्थापन गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

हरेक बिहान गौशाला पुग्ने गरेका उप महानगर प्रमुख खेलराज पाण्डेले कतिपय स्थानीयलाई गौशाला सम्म पुग्ने बाटो थाहा नभएको गुनासो आएकाले गौशाला सम्म आउने निशान बोर्ड राख्ने तयारी भएको जानकारी दिए । उनले गौशालालाई धार्मिक पर्यटकीय स्थल बनाउने र गौशालामा आयुर्वेद केन्द्र, योगा हल निर्माण गरिने उल्लेख गर्दै निकट भविश्यमा नै हरेक विहान १ घन्टा गार्इ र गाईको महत्वका विषयमा प्रवचन दिने व्यवस्था मिलाईने बताए ।

कुनै पनि शुभ कार्य वा विशेष अवसरमा गौशालामा आएर गाईगोरुलाई घाँस, पराल , दाना उपलब्ध गराएर पूण्य कमाउन पाण्डेयले नगरबासीलाई आग्रह गरे ।

‘छाडा चौपायाका कारण मुख्य सडकहरुमा दुर्घटना हुने भएकाले छाडा चौपायाको ब्यबस्थापनमा जुटेका हौ,’ उनले भने, ‘दिनप्रतिदिन सहयोग गर्ने हातहरु पनि बढेको र अहिले दाना धेरै भएर दान ग्रहण गर्न बन्द गर्नु पर्ने अवस्था आएको छ ।’ उनले अब बिस्तारै साँढेलाई र आमा गाईहरुलाइ अलग अलग राख्ने व्यवस्था गरिने उनले बताए ।

सहयोग सामाग्री लिएर गौशाला पुगेकी निलकण्ठ आमा समुहकी अध्यक्ष बिमला पन्थीले गौशाला बनाएर बाटै भरी छरिएर रहेको र खाना ,पानि नपाइ भौतारिरहेका गाइ गोरुलाइ राम्रो र धर्मको काम भएको बताइन् ।

 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ७ : ४४ बजे

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी