५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक वनभित्र रहेको नन्दिनी गौशाला मा स्थानीयको सहभागीता बढ्दै गएको छ । गौशालामा ब्यवस्थापन गरिएका गाई र गोरुहरुलाई बुटवल र यस आसपासका संघ संस्थाहरुले हरेक दिन दाना तथा बिभिन्न खाद्य सामाग्री दान गरिरहेका छन् ।

आज एकादशीको अवसर पारेर बुटवल ७ स्थित निलकण्ठ आमा समुहले गाइ गोरुको लागी आँटा, दाना , पराल , नुन लगायतका आहार सहयोग गरेको छ । आमा समुहका पदाधिकारी सहित सदस्य र स्थानीय महिलाहरु गौशाला पुगेर आहार हस्तान्तण गरेका थिए ।

चैत महिना भर बुटवल उपमहानगरले अभियान नै चालाएर मुख्य सडक र चोकहरुबाट छाडा पशु चौपायालाई ‘खेदेर’ गौशालामा पु¥याइएको थियो । चैत्र महिनाभर र त्यस यता गरि गौशालामा ७ सय गाई गोरुको व्यवस्थापन गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

हरेक बिहान गौशाला पुग्ने गरेका उप महानगर प्रमुख खेलराज पाण्डेले कतिपय स्थानीयलाई गौशाला सम्म पुग्ने बाटो थाहा नभएको गुनासो आएकाले गौशाला सम्म आउने निशान बोर्ड राख्ने तयारी भएको जानकारी दिए । उनले गौशालालाई धार्मिक पर्यटकीय स्थल बनाउने र गौशालामा आयुर्वेद केन्द्र, योगा हल निर्माण गरिने उल्लेख गर्दै निकट भविश्यमा नै हरेक विहान १ घन्टा गार्इ र गाईको महत्वका विषयमा प्रवचन दिने व्यवस्था मिलाईने बताए ।

कुनै पनि शुभ कार्य वा विशेष अवसरमा गौशालामा आएर गाईगोरुलाई घाँस, पराल , दाना उपलब्ध गराएर पूण्य कमाउन पाण्डेयले नगरबासीलाई आग्रह गरे ।

‘छाडा चौपायाका कारण मुख्य सडकहरुमा दुर्घटना हुने भएकाले छाडा चौपायाको ब्यबस्थापनमा जुटेका हौ,’ उनले भने, ‘दिनप्रतिदिन सहयोग गर्ने हातहरु पनि बढेको र अहिले दाना धेरै भएर दान ग्रहण गर्न बन्द गर्नु पर्ने अवस्था आएको छ ।’ उनले अब बिस्तारै साँढेलाई र आमा गाईहरुलाइ अलग अलग राख्ने व्यवस्था गरिने उनले बताए ।

सहयोग सामाग्री लिएर गौशाला पुगेकी निलकण्ठ आमा समुहकी अध्यक्ष बिमला पन्थीले गौशाला बनाएर बाटै भरी छरिएर रहेको र खाना ,पानि नपाइ भौतारिरहेका गाइ गोरुलाइ राम्रो र धर्मको काम भएको बताइन् ।

 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ७ : ४४ बजे

दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

काठमाडौं । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी