३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी



काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार सामाजिक र आर्थिक रूपमा सुरक्षित नभएसम्म निष्पक्षरूपमा समाचार सम्प्रेषण हुननसक्ने बताएका छन् ।

आज काठमाडौँमा डिजिटल मिडिया फाउण्डेसनले शनिबार आयोजना गरेको ‘डिजिटल डायनामिक्स अफ प्रेस फ्रिडम–नेपाली कन्टेक्सट’ विषयमा आयोजित अन्तरसंवाद कार्यक्रममा उनले आर्थिक सुरक्षाको अभावमा पत्रकार भविष्यप्रति आश्वस्त हुननसक्दा निष्पक्ष सामग्री सम्प्रेषणमा समस्या आइरहेको आफूले माहसुस गरेको बताए ।

पत्रकारको सामाजिक सुरक्षा कमजोर रहेको र पेसागत काम गर्ने क्रममा भौतिक क्षति भएमा त्यसको भार पत्रकारको परिवारले मात्रै व्यहोर्नुपर्ने अवस्था रहेसम्म निर्धक्क भएर काम गर्ने अवस्था नहुने भन्दै यस विषयमा सहकार्य गर्न सरकार तयार रहेको उनको भनाइ छ । “श्रमजीवी पत्रकार ऐन बने पनि कार्यान्वयन हुनसकेको छैन । यसमा रहेका समस्या समाधान गर्न सरोकारवाला पक्षसँग सहकार्य गर्न सरकार तयार छ । किनकि सामाजिक र भौतिक सुरक्षा प्रत्याभूति गर्दै मिडियाकर्मीले ढुक्क भएर समाचार प्रकाशन÷प्रसारण गर्ने वातावरण बनाउन आवश्यक छ । त्यसका लागि सरकार सहकार्य गर्न तयार छ”, मन्त्री गिरीले भने ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडिया साक्षरताको कमीका विभिन्न समस्या देखापरिरहेका भन्दै त्यसबाट सबैभन्दाबढी पत्रकार र पत्रकारितामा संलग्नहरू भएकाहरू नै पीडित भइरहेको बताए ।

नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले सिधा कुरामा प्रकाशित र प्रसारित सामग्रीबारे सर्वोच्च अदालत र प्रेस काउन्सिलले खेलेको भूमिकाले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने आशंका बढेको भन्दै सचेत गराए ।

खोज पत्रकारिता केन्द्रका पूर्वअध्यक्ष नम्रता शर्माले पछिल्लो समय सामाजिक सञ्जालमार्फत पत्रकारमाथि हुने ट्रोललगायतका गतिविधि बढेकोमा नियन्त्रणमा प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

आयोजक संस्था डिजिटल मिडिया फाउण्डेसनका अध्यक्ष प्रवेश सुवेदीले डिजिटल प्रविधिको क्रान्तिले प्रेस स्वतन्त्रताको पक्षमा अवसर निर्माण गरेसँगै चुनौतीसमेत बढाएको बताए ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १० : १४ बजे

प्रतिपक्षको बहिष्कारका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका