१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै



तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ ।

व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ को लागतमा निर्माण सुरु भएको हो । पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको हुनेछ । निर्माणमा करिब २० प्रतिशत भौतिक प्रगति भएको छ । व्यास नगरपालिका-२ क्षेत्रतर्फ पिलर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

पुल बनेपछि आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर संरक्षण हुने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेल बताउँछन । विसं २०८२ भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनी ज्वालामुखी कन्स्टक्सनसँग सम्झौता भएको व्यास नगरपालिकाको योजना शाखा अधिकृत भेषराज तिवारीले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ७ : ५५ बजे

प्रधान सेनापति अशोकराज सिग्देलद्वारा पूर्वी पृतनाको निरीक्षण

सुनसरी । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले आज पूर्वी पृतना

कांग्रेसले देश सम्हाल्छ र अवस्था सुधार्छ : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी देशलाई

जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्छ : अध्यक्ष घिसिङ

पाँचथर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत् नै

प्रधानमन्त्रीद्वारा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका

यस्तो छ शुधान्सु कोइरालाको चुनावी संकल्प पत्र (पूर्णपाठ)

नेपालगन्ज । प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नम्बर २ का