१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण



बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा कार्यरत कर्मचारीहरुले शिवनगरस्थित नन्दिनी गौ संरक्षण केन्द्रलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । एक कार्यक्रम गरि आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद कुमार पराजुलीले गौशाला संरक्षक एवं बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलाई ५० हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेका छन ।

छाडाचौपायालाई ब्यवस्थापन गर्न भन्दै शुरुभएको महाअभियानलाई साथ दिने गरि अस्पतालका कर्मचारीहरुबाट स्वतस्फूर्त सहयोग जुटाएका हुन । अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर विनोद कुमार पराजुलीले उपमहानगरपालिकाबाट सुरुवात भएको पुण्य काममा सानो सहयोग गरेको बताए ।

केन्द्रका संरक्षक तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले आफै पालिकाको पहलमा गौशाला संचालन गरेको देशकै पहिलो पालिका भएको बताउदै यो पवित्र कार्यमा सबै नगरबासीको सहयोग जरुरी रहेको बताए । सबै सहयोगी दाताहरुको सहयोगबाट आगामी १५ दिनको लागि गौशालामा आवश्यक दाना भण्डारण गरिएको उनले बताए ।

सडकमा भएका गाईलाई गौशालामा ल्याएर राख्ने कार्य मात्र नभई धार्मिक र पर्यटकिय स्थलको रुपमा विकास गर्ने उपमहानगरपालिको उद्धेश्य रहेको बताउदै गौशालामा गहुत प्रशोधन केन्द्र, आयुर्वेदिक केन्द्र, योग केन्द्र, आध्यात्मिक केन्द्रको रुपमा विकास गर्दै फायरलेन र शालिग्रामको स्थापना समेत गर्ने जस्ता दिर्घकालिन योजनामा सम्पूर्ण नगरबासी र स्थानीय संघसंस्थालाई नगरप्रमुख पाण्डेले सहयोगको अपिल गरे । नन्दिनी गौं संरक्षण केन्द्र बुटवलमा करिब आठ सय छाडाचौपाया रहेका छन ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १ : १६ बजे

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान

३३ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश

“रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती” : पर्यटन नीतिमा आमुल परिर्वतनको खोजी

बुटवल । नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो

सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदको आइतबारको बैठकमा सांसद