१० पुस २०८२, बिहिबार | December 25, 2025

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण



बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा कार्यरत कर्मचारीहरुले शिवनगरस्थित नन्दिनी गौ संरक्षण केन्द्रलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । एक कार्यक्रम गरि आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद कुमार पराजुलीले गौशाला संरक्षक एवं बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलाई ५० हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेका छन ।

छाडाचौपायालाई ब्यवस्थापन गर्न भन्दै शुरुभएको महाअभियानलाई साथ दिने गरि अस्पतालका कर्मचारीहरुबाट स्वतस्फूर्त सहयोग जुटाएका हुन । अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर विनोद कुमार पराजुलीले उपमहानगरपालिकाबाट सुरुवात भएको पुण्य काममा सानो सहयोग गरेको बताए ।

केन्द्रका संरक्षक तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले आफै पालिकाको पहलमा गौशाला संचालन गरेको देशकै पहिलो पालिका भएको बताउदै यो पवित्र कार्यमा सबै नगरबासीको सहयोग जरुरी रहेको बताए । सबै सहयोगी दाताहरुको सहयोगबाट आगामी १५ दिनको लागि गौशालामा आवश्यक दाना भण्डारण गरिएको उनले बताए ।

सडकमा भएका गाईलाई गौशालामा ल्याएर राख्ने कार्य मात्र नभई धार्मिक र पर्यटकिय स्थलको रुपमा विकास गर्ने उपमहानगरपालिको उद्धेश्य रहेको बताउदै गौशालामा गहुत प्रशोधन केन्द्र, आयुर्वेदिक केन्द्र, योग केन्द्र, आध्यात्मिक केन्द्रको रुपमा विकास गर्दै फायरलेन र शालिग्रामको स्थापना समेत गर्ने जस्ता दिर्घकालिन योजनामा सम्पूर्ण नगरबासी र स्थानीय संघसंस्थालाई नगरप्रमुख पाण्डेले सहयोगको अपिल गरे । नन्दिनी गौं संरक्षण केन्द्र बुटवलमा करिब आठ सय छाडाचौपाया रहेका छन ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १ : १६ बजे

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका 

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई-रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छ : प्रधानमन्त्री कार्की

। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

१७ वर्षपछि स्वदेश फर्किए तारिक रहमान, ढाकामा भव्य स्वागत

ढाका । बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी । उत्तर कोरियाले आणविक-सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको