११ असार २०८३, बिहिबार | June 25, 2026

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । एक दिने नेपाल भ्रमणमा आएकी जापानी विदेशमन्त्रीसँगको भेटवार्तामा दुई पक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री आज काठमाडौं आएकी हुन् । उनले आजै काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन भ्रमण गरेकी थिइन् ।  त्यहाँ उनले कालभैरव,हनुमानढोका र नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गरेकी थिइन् ।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । विदेशमन्त्री योको भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ५ : ५१ बजे

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान

सैन्य अभ्यासका क्रममा एक जना सैनिक जवानको मृत्यु

कैलाली । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज

स्थायी व्यवस्थापनको माग गर्दै सुकुम्बासीको चेतावनी, ‘होल्डिङ सेन्टरबाट हटाए पुरानै बासस्थान फर्किन्छौं’

काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु । आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको