२४ माघ २०८२, शनिबार | February 7, 2026

सकियो अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी : लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग



लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग माग गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा लुम्बिनीमा सम्पन्न अन्तराष्ट्रिय बौद्ध गोष्ठीमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वान, अध्येता तथा अनुसन्धानकर्ताहरुले बुद्धजन्मस्थललाई शान्ति र बौद्ध दर्शनको उद्गमस्थलका रुपमा प्रवद्र्धन गर्ने र बौद्ध ध्यान र साधनाको राजधानीका रुपमा शान्ति शहर घोषणा गर्न माग गरेका हुन् ।

“विश्वव्यापी चुनौतिहरुको समाधान सन्दर्भमा बौद्ध शिक्षाको सान्दर्भिकता” विषयक गोष्ठीमा उनीहरुले राजनीतिक व्यवस्थाको परिवर्तन तथा सम्पूर्ण द्वन्द्वका विषयहरु समाधान भइसकेकाले बुद्ध जन्मस्थल नेपाललाई शान्ति देश घोषणा गर्न संयुक्त राष्ट्र संघ समक्ष आग्रह गरे ।

बौद्ध शिक्षालाई विद्यालय तहदेखिको शैक्षिक पाठ्यक्रममा समावेश गर्दै बौद्ध दर्शनको अध्ययन, अनुसन्धानलाई विशेष प्राथमिकतामा राख्नका लागि सम्बन्धित निकायलाई विशेष अनुरोध गरे ।

“वातावरणीय असन्तुलन, आर्थिक संकट, आपसी द्वन्द्व र अपराध तथा मानसिक प्रतिकुलनताजस्ता विश्वव्यापी समस्याको समाधान तथा न्यूनिकरणका लागि शील, समाधि र प्रज्ञायुक्त समाज निर्माण गर्न बौद्ध शिक्षाको विश्वव्यापीकरण आवश्यक देखिएकाले बौद्ध शिक्षाको अध्ययन, अनुसन्धानमा जोड दिन सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दछौ”, गोष्ठीपछि सार्वजनिक गरिएको लुम्बिनी घोषाणापत्रमा भनिएको छ ।

यसअघि गोष्ठीमा बौद्ध दर्शन र योगका विषयमा आफ्ना धारणा राख्दै योग गुरुहरुले अहिले बढ्दो सामाजिक समस्याको समाधान योग भएकोमा जोड दिए ।

अनाइनमार्फत आफ्ना धारणा राख्दै आचार्य बालकृष्ण र डा. विकासानन्दले मानव जातीले दुःखबाट मुक्ति पाउने एकमात्र उपाय ध्यान र साधना भएको बताउँदै जीवनका समस्याबाट पार पाउन योग गर्न सबैलाई आग्रह गरे ।

गोष्ठीमा योगगुरुहरु डा.भोलानाथ योगी, डा.चिन्तामणि योगी, भानु शर्मा, प्रा.डा.बिशाल सिटौला र डा. क्षितिज बराकोटीले सबै धर्म, पराम्परा र योगको भूमि नेपाल भएकाले यसलाई हरेक ब्यक्तिको जीवनपद्धतीसँग जोड्ने गरी प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शन र योगलाई जोडेर नयाँ पाठ्यक्रम बनाइ कार्यान्वय गर्ने तयारी गरेको उल्लेख गर्दै यसबारे सबैको राय सुझाव आवश्यक रहेको बताए ।

बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्यले बौद्ध दर्शन र विपश्यनाका माध्यमबाट आपसी द्वन्द्व र समस्या समाधान गर्न सकिने भएकाले विश्वविद्यालयले पनि यसलाई छुट्टै विाष्यका रुपमा अध्ययन अध्यापनको तयारी थालेको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले शान्ति, मैत्री र करुणाको भावना विकास गर्न योग र साधना गर्न आवश्यक रहेकोमा जोड दिए ।
गोष्ठीमा लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्ले, डा. निमा शेर्पा, कमल थापा, लक्ष्मी पोखरेल लगायतले बौद्ध दर्शन र योगका विषयमा विद्यालय तहदेखि नै नयाँ पाठ्यक्रम आवश्यक रहेको बताए ।

गोष्ठिमा नेपालसहित थाइल्याण्ड, फ्रान्स, स्टोनीया, म्यानमार, जापान, बंगलादेश, भारत, ताइवान, श्रीलंका, पोर्चुगल, नर्वे लगायतका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ८ : ०५ बजे

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

बेनी-जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकको

आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आजदेखि, पहिलो दिन तीन खेल हुँदै

काठमाडौं । आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आज (शनिबार)देखि

भत्किँदै उठेको झेँदी पुल : बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना

गुल्मी । वर्षौँको प्रतिक्षा, निराशा र संघर्षपछि अन्ततः गुल्मीको बडिगाड