६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला



काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु तयार रहेको बताएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलले उठाएको कुराको सम्बोधन गरेर समग्र सहकारी ठगिको छानबिन गरेर अगाडी बढ्नुपर्ने बताएका हुन् ।

बर्तौलाले व्यक्ति तोकेर छानबिन गर्नुपर्छ भन्ने कांग्रेसको अडान कायम रहेमा आफुहरुको समर्थन नरहने बताए । उनले व्यक्तिमाथि छानबिन गर्न माग गरिरहँदा समग्र सहकारी ठगिको छानबिन प्रभावित हुन नहुने बताउदै अगाडि बढ्नुपर्ने बताए । बर्तौलाले कांग्रेसले समग्र सहकारी ठगिको छानबिनको माग उठाएको हो वा व्यक्ति केन्द्रित छानबिन गर्न भनेको हो भन्ने स्पष्ट हुनुपर्ने बताए ।

यस अघि सत्ता समीकरणमा रहेको माओवादी केन्द्र र एमालेबीच समग्र सहकारी ठगिको विषयमा छानबिन गर्ने सहमति भएको बताइएको छ । तर यो कांग्रेसको माग अनुसार भने नभएको बताइएपछि कांग्रेसले आफ्नो विरोध जारी राख्ने बताएको छ ।

बैशाख २८ गते देखि संघीय संसदको बैठक आव्हान गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ४ : ०३ बजे

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा

जलवायु जोखिम : हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु

प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक