२८ कार्तिक २०८२, शुक्रबार | November 14, 2025

महेश बर्तौलाको माग – ‘राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनुपर्छ’



काठमाडौं । विघटित प्रतिनिधिसभामा नेकपा (एमाले)का मुख्यसचेतक महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि कडा प्रहार गर्दै उनी राज्यविरुद्धका अपराधमा संलग्न रहेको भन्दै तत्काल पदच्युत गरी गिरफ्तार गर्नुपर्ने माग गरेका छन्।

बर्तौलाले अर्याललाई भ्रष्टाचारविरुद्ध जेनेरेसन जेडको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काउने र विध्वंस मच्चाउने मुख्य योजनाकार तथा ‘२४ कैरेटका स्टेकहोल्ड’को संज्ञा दिएका छन्।

बर्तौलाले गृहमन्त्री अर्यालको भूमिकाबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै भनेका छन्, राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनुपर्छ। उनले आन्दोलनमा सुनियोजित घुसपैठ गरी शान्ति भंग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने काममा अर्याल नै मुख्य संलग्न रहेको आरोप लगाएका छन् । प्रहरीबाट लुटिएका हतियारहरू (बन्दुक र गोली) कहाँ र कोसँग छन् भन्ने जानकारी उनलाई शतप्रतिशत रहेको हुनुपर्ने उनले जिकिर गरेका छन् ।

बर्तौलाले थपेका छन्, ‘भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागसहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गरी शान्ति भंग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी २४ कैरेटका स्टेकहोल्डर हुन्। हाम्रो इतिहास, सम्पदा र दस्तावेजहरू छानीछानी नष्ट गर्ने, व्यक्तिका घरहरू, व्यवसायिक भवनहरू तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक समेत हुन्।’

उनले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकीहरू लगायतका राष्ट्रिय सम्पदामा आगो लगाई ध्वस्त बनाउने कार्यमा पनि अर्याल निर्देशक र परिचालक रहेको दाबी गरेका छन्। ‘शुद्ध नेपाली जेन जेड हरूले पनि यो कुरा बुझुन कि शान्तिपूर्ण आन्दोलनभित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरीकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए’, बर्तौलाले भनेका छन्।

बर्तौलाले गृहमन्त्रीले पद ग्रहण लगत्तै फौजदारी अपराध प्रकरणहरूमा संलग्न दोषीहरूलाई कानुनी कारबाही नगर्न लिखित निर्देशन दिएको आरोप पनि लगाएका छन्। ‘जसका कारण अहिले मुलुकमा अराजकता, दण्डहीनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरू ह्वात्तै बढेर गएको छ’, उनले भनेका छन्।

यी सबै गम्भीर तथ्यहरूका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रूपमा रहेका अर्याललाई पदबाट बर्खास्त गरी राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउनुपर्नेमा बर्तौलाले जोड दिएका छन्।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ८ : ५९ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या, मकवानपुरमा गोली हानी पुजारीको हत्या

धनुषा । मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो

काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति