६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार



नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम ज्ञान कर्णाली हाफ म्याराथनमा खुल्लातर्फका विजेता महिला तथा पुरुष खेलाडीलाई नगद ५५/५५ हजारले पुरस्कृत गरिने भएको छ । त्यसैगरी दोस्रो स्थान प्राप्त गर्नेलाई ३०/३० हजार र तृतीय स्थानलाई २०/२० हजार नगदले पुरस्कृत गरिने आयोजक रेश नेपालले जनाएको छ ।

आयोजकले जनाए अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने ज्ञान हाफ म्याराथनमा पुरुष ४५ बर्षमाथि उमेर समुहका शीर्ष तीन धावकलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रदान गरिनेछ । त्यस्तै विद्यालय तहका छात्र एवं छात्रातर्फ शीर्ष तीनलाई १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिनेछ । कर्पोरेटतर्फ विजेतालाई बिशेष प्याकेजद्वारा पुरस्कृत गरिनेछ ।

रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको संयुक्त बैठकले नगद पुरस्कार सम्बन्धि निर्णय गरेको हो । आसन्न दशौं राष्ट्रिय खेलकुदलाई प्रवद्र्धन गर्नेगरी कर्णाली हाफ म्याराथन आयोजना गर्न लागिएको हो । पहिलो संस्करणको सफलतासँगै हरेक बर्ष उपयुक्त समयमा कर्णाली हाफ म्याराथन आयोजना गरिनेछ ।

साथै पहिलो संस्करणमा स्थानीयको सहभागिता र चासोलाई मध्यनजर गर्दै यसको कोर्षलाई आधिकारिकताका लागि चाँडै पहल गरिनेछ । कर्णाली हाफ म्याराथनका विजेतामध्ये उत्कृष्ट समय दिने खेलाडीलाई विदेशी भुमिमा सञ्चालन हुने वल्र्ड एथ्लेटिक्सबाट लेवल प्राप्त म्याराथनमा सहभागिताको अवसर प्रदान गर्ने तयारी समेत आयोजकले गरेको छ । यसबारे चाँडै निर्णय लिइनेछ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १० : ४८ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको