१८ माघ २०८२, आइतबार | February 2, 2026

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार



नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम ज्ञान कर्णाली हाफ म्याराथनमा खुल्लातर्फका विजेता महिला तथा पुरुष खेलाडीलाई नगद ५५/५५ हजारले पुरस्कृत गरिने भएको छ । त्यसैगरी दोस्रो स्थान प्राप्त गर्नेलाई ३०/३० हजार र तृतीय स्थानलाई २०/२० हजार नगदले पुरस्कृत गरिने आयोजक रेश नेपालले जनाएको छ ।

आयोजकले जनाए अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने ज्ञान हाफ म्याराथनमा पुरुष ४५ बर्षमाथि उमेर समुहका शीर्ष तीन धावकलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रदान गरिनेछ । त्यस्तै विद्यालय तहका छात्र एवं छात्रातर्फ शीर्ष तीनलाई १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिनेछ । कर्पोरेटतर्फ विजेतालाई बिशेष प्याकेजद्वारा पुरस्कृत गरिनेछ ।

रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको संयुक्त बैठकले नगद पुरस्कार सम्बन्धि निर्णय गरेको हो । आसन्न दशौं राष्ट्रिय खेलकुदलाई प्रवद्र्धन गर्नेगरी कर्णाली हाफ म्याराथन आयोजना गर्न लागिएको हो । पहिलो संस्करणको सफलतासँगै हरेक बर्ष उपयुक्त समयमा कर्णाली हाफ म्याराथन आयोजना गरिनेछ ।

साथै पहिलो संस्करणमा स्थानीयको सहभागिता र चासोलाई मध्यनजर गर्दै यसको कोर्षलाई आधिकारिकताका लागि चाँडै पहल गरिनेछ । कर्णाली हाफ म्याराथनका विजेतामध्ये उत्कृष्ट समय दिने खेलाडीलाई विदेशी भुमिमा सञ्चालन हुने वल्र्ड एथ्लेटिक्सबाट लेवल प्राप्त म्याराथनमा सहभागिताको अवसर प्रदान गर्ने तयारी समेत आयोजकले गरेको छ । यसबारे चाँडै निर्णय लिइनेछ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १० : ४८ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन