६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास



गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि चलिआएको वाक्य हो । यसको माग विभिन्न जिल्लाका साथसाथै विदेशमासमेत हुने गर्दछ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका-३ थानापति थोर्गाको गुडको आफ्नै ब्रान्ड छ । अहिले यही गुडलाई बजारीकरणको प्रयास भइरहेको छ ।

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (नार्क), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र हेफर प्रोजेक्ट नेपालले संयुक्त रुपमा थेर्गोली गुडको बजारीकरणको प्रयास थालेका हुन् । नार्कले विशेषगरी गुडको बजारीकरण गर्न भौगोलिक सङ्केत दिने काम गर्दै आएको छ । थानापतिका ७० वर्षीय इन्दुवर ज्ञवालीले पाँच रोपनी आफ्नो र २७ रोपनी जग्गा भाडामा लिएर उखुखेती गरेका छन । उनले उखुबाट वार्षिक १२ हजार ६ सय लिटर उखुको रस र त्यसबाट चार हजार दुई सय लिटर खुदो बनाउँछन । उनले गुड र खुदो बिक्री गर्दै आएका छन ।

मौसमअनुसार उखुको उत्पादनमा घटबढ हुने हुँदा गुड र खुदोको उत्पादनमा पनि घटबढ हुन्छ । परम्परादेखि नै उखु खेतीमा लागेका ज्ञवाली पछिल्लो वर्षमा थप व्यावसायिक बनेका छन । उनले गत वर्ष प्रति लिटर रु दुई सय २० मा १६ टन खुदो बिक्री गरेको बताए । उनले उखु खेती, प्रशोधन र बजारीकरण आफै गर्दै आएका छन ।

“विदेशबाट फर्केको छोरोले पनि अहिले फर्केर मेरै पेसा अँगालेको छ”, ज्ञवालीले भने, “गुड र खुदो बेचेर वार्षिक रु सात लाख रकम आम्दानी भयो ।” उखु खेतीबाटै घरमा आफूसहित श्रीमती, छोराबुहारीको जीविकोपार्जन राम्रोसँग भएको उनको भनाइ छ । ज्ञवालीले अहिले विभिन्न संस्थासँग मिलेर गुडको बजारीकरण गर्न थालेका छन । तर तराईबाट भेली ल्याएर थोर्गेली गुड भन्दै कतिपयले बिक्री गरेकामा उनको गुनासो छ ।

थानापतिकै अर्का किसान शिशिरराज ज्ञवालीले अहिले खुदो र गुड खरिद गर्न ग्राहक घरमै आउने भएकाले बजारीकरणको कुनै समस्या नभएको बताए । उनले कूल १५ रोपनी जग्गामा उखु लगाएका छन । ज्ञवालीले पनि उखुको आफै प्रशोधन गरेर खुदो र गुड बनाउँछन । “बजारीकरणको समस्या नभए पनि थेर्गेली गुडको राष्ट्रिय पहिचान बनाउनु छ”, उनले भने, “त्यसैका लागि अहिले हामी गुणस्तर वृद्धि गर्ने अभियानमा छौँ ।” अहिले गुड र खुदोको बजार राम्रो भएकाले उत्पादन गर्न थप हौसला मिलेको ज्ञवालीले बताए । बुबाले पनि उखुखेती गरेकाले आफूले त्यही पेसा थामेको उनी बताउँछन । उनी आफैले व्यावसायिक खेती गर्न थालेको २० वर्ष भयो ।

रुरुक्षेत्र गाउँपालिका-१ भड्कुवाका किसान हुमनाथ ज्ञवालीले पनि गुडमा भविष्य देखेर यस वर्षदेखि उखुखेती सुरु गरेका छन । उखु राम्रोसँग हुर्किन पाए एउटै घारको सय रुपैँयासम्म पर्छ ।

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय जीन बैंकका प्राविधिक अधिकृत एवं गुडको बजारीकरणका अनुसन्धानकर्ता प्रदीप थापाले थोर्गेली गुडको विवरण सङ्कलन गरिरहेको बताए । थोर्गाको गुडले भौगोलिक सङ्केत पाएमा बजारीकरणमा सहयोग पुग्ने र त्यसका साथै भौगोलिक सङ्केत पाए उपभोक्ताको उपभोगको तथा उत्पादक विचौलियाबाट मुक्त हुने उनले बताए ।

गुल्मीमा विशेषगरी रुरुक्षेत्रको थोर्गा र छत्रकोटको दिगाममा बढी मात्रामा खुदो र गुड बनाउने गरिन्छ । गुल्मीको मुख्य प्रवेशद्वारा रिडीमा दिगाम र थोर्गाको गुड भनेर तराईबाट भेली ल्याएर गुड बिक्री गर्ने गरेको समेत पाइन्छ । थोर्गाको गुड र खुदोको माग बढी भएकाले गाउँपालिकाले पनि उखु खेतीमा जोड दिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ५ : १० बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए