१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा



बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत एक सय २६ घरमा धारा जडान भएका छन् । उक्त कार्यक्रमअन्तर्गत फत्तेपुरको पदनाह, जोरैया, मोहनपुर दक्षिण हब्रहवा, उत्तर हब्रहवा र सिधनिया बस्तीका एक सय २६ घरमा जडान गरिएको फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले जानकारी दिए ।

“गत वर्ष असारदेखि घरघरमा खानेपानी धारा जडान गरेर स्वच्छ पेयजलको सुविधा पुर्याएका छौँ”, अध्यक्ष थापाले भने, “यहाँका चार सय घरमा धारा जडान गरेर स्वच्छ पानी पुर्याउने लक्ष्य छ ।”

आर्थिक वर्ष २०७६/७७ देखि उक्त कार्यक्रम लागु भएको हो । वि.सं २०७८ देखि फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरी आयोजनाको काम हुँदै आएको थियो । तीन कठ्ठा जमिनमा खानेपानीको भवन, ट्याङ्की, ‘पम्पहाउस’लगायत संरचना तयार गरी पानी वितरण थालिएको अध्यक्ष थापाले बताए ।

महिना दिनमा १० युनिटसम्म पानी उपभोग गर्ने उपभोक्तालाई रु एक सय ५० शुल्क कायम गरिएको छ भने १० युनिटभन्दा बढी उपभोग गर्नेलाई प्रतियुनिट रु २० का दरले शुल्क लिने गरिएको छ । घरघरमा खानेपानी सुविधा उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन् ।

राप्ती सोनारी-६ कै पनेरियामा पनि खानेपानी आयोजना निर्माणाधीन छ । राप्ती सोनारी-७ निवुवाटार र नन्कौपुरमा पनि खानेपानी आयोजनाको काम जारी छ । ‘पाइप लाइन’ विस्तारको काम सम्पन्न भएसँगै चाँडै धारा जडानको काम सुरु हुने राप्ती सोनारी-७ का वडाध्यक्ष रामलखन थारूले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ८ : ३७ बजे

प्रधान सेनापति अशोकराज सिग्देलद्वारा पूर्वी पृतनाको निरीक्षण

सुनसरी । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले आज पूर्वी पृतना

कांग्रेसले देश सम्हाल्छ र अवस्था सुधार्छ : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी देशलाई

जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्छ : अध्यक्ष घिसिङ

पाँचथर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत् नै

प्रधानमन्त्रीद्वारा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका

यस्तो छ शुधान्सु कोइरालाको चुनावी संकल्प पत्र (पूर्णपाठ)

नेपालगन्ज । प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नम्बर २ का