७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

लखनउमाथि सनराइजर्सको १० विकेटको जित



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले लखनउलाई १० विकेटले पराजित गरेको हो ।

लखनउले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले ९.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

सनराइजर्सको जितमा अभिषेक शर्माले २८ बलमा ७५ तथा ट्राभिस हेडले ३० बलमा ८९ रन बनाएका थिए । यो आइपिएलको इतिहासमा कुनै पनि टिमले १० ओभर अगाडी नै बनाएको सबैभन्दा बढी रन हो ।

यसअघि लखनउले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्स हैदारावाद १२ खेलमा १४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लखनउको भने १२ खेलमा १२ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ७ : ३५ बजे

बाँकेका बिभिन्न स्थानबाट चोरी भएका ९ थान मोटरसाईकल बरामद, ४ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी भएका नौ

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक

काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु

काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।