३ पुस २०८२, बिहिबार | December 18, 2025

रक क्लाइम्बिङ गर्दैगर्दा लडेका सूचनको उपचारका क्रममा मृत्यु



खोटाङ । साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको लडेर मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङस्थित मझुवागढी भीरमा रक क्लाइम्बिङ गर्दैगर्दा लडेर गम्भीर घाइते बनेका सूचनको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।

भीरबाट लडेपछि उपचारका लागि बेलुकी ६ः३० बजे जिल्ला अस्पताल खोटाङ पु¥याइएका सूचनलाई चिकित्सकले ७ः४० बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । मृतक सूचनको शव परीक्षणका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

दिक्तेलस्थित हाटडाँडा बस्दै आएका सूचन बिहीबार बेलुकी पख साथीहरुसँग रक क्लाइम्बिङ गर्न मझुवागढी भीर पुगेका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत चैतमा आयोजना गरेको रक क्लाइम्बिङ सम्बन्धी छ दिने तालिममा समेत सहभागी भएका सूचन के कारणले लडेको भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

करिब ३२ मिटर अग्लो मझुवागढी भीरमा नेपाल नेसनल माउन्टेन गाइडले रक क्लाइम्बिङ निर्माण गरिदिएको छ । किराँत ऐतिहासिकस्थल मझुवागढी क्षेत्रमा पर्ने मझुवागढी भीरमा रक क्लाइम्बिङको परीक्षण सफल भएको नगरपालिकाले जनाएको थियो । तालिममा सातजना स्थानीय युवा र सशस्त्र प्रहरी बल नेपाल ७ नं. गुल्म खोटाङका पाँचजना गरी १२ जना सहभागी भएका थिए । रक क्लाइम्बिङ परीक्षणका लागि नेपाल नेसनल माउन्टेन गाइडका संस्थापक कोषाध्यक्ष तथा पर्वतारोहण प्रशिक्षक सङ्घका निवर्तमान अध्यक्ष लाक्पा शेर्पा पनि आएका थिए ।

कृत्रिम भीरभन्दा प्राकृतिक भीरमा रक क्लाइम्बिङ गर्न रुचाउने भएकाले यो उपयुक्त थलो भएको शेर्पाले बताए । पछिल्लो समय युवा पुस्ता यसप्रति आकर्षित हुँदै जानुका साथै पर्यटन विकासमा पनि यसले सहयोग गर्ने भएकाले रक क्लाइम्बिङ लोकप्रिय बन्दै गएको शेर्पाको भनाइ थियो ।

साहसिक खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रक क्लाइम्बिङ सञ्चालनको सुरुवात गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । परीक्षणकै क्रममा सूचनको लडेर मृत्यु भएपछि नगर प्रमुखलगायत जनप्रतिनिधिको आलोचना सुरु भएको छ ।

किराँत ऐतिहासिकस्थल मझुवागढीलाई धार्मिक तथा पर्यटकीयस्थलको रुपमा विकास गर्न नगरपालिकाले ‘फूलैफूलको पहाड’ सँगै रक क्लाइम्बिङस्थल बनाउने योजना अन्तर्गत वर्षेनी बजेटसमेत विनियोजन गर्दै आएको छ । मझुवागढी तथा कालिका भगवती मन्दिर सौन्दर्यकरणका साथै रक क्लाइम्बिङका लागि यस वर्ष कोशी प्रदेश सरकारले रु एक करोड ५३ लाख बजेटसमेत विनियोजन गरेको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढीमा वि.सं. १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, वनभोज ९पिकनिक० खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्ने लगायतका व्यक्ति तथा समूह पुग्ने गरेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १ : ५१ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन