९ कार्तिक २०८३, सोमबार | October 26, 2026

नेपाल भारत सीमा अन्तर्गत जमुनाहा नाका आज साँझबाट सिल



नेपालगन्ज । भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षाका लागि भन्दै नेपाल–भारत सीमाको जमुनाह नाका शुक्रबार रातीदेखि सिल गरिएको छ ।

आगामी बैशाख ३१ गते भारत उत्तर प्रदेशमा लोकसभा निर्वाचन रहेकाले भारतीय पक्षको अनुरोधमा नेपाल–भारतको जमुनाह नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बिहीबार राती १० बजेबाट बन्द गरिएको नाका आगामी बैशाख ३१ गते राती १२ बजेसम्म कायम रहने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङ्गले सूचना प्रकाशित गरेर जानकारी दिएका छन् ।

‘छिमेकी राष्ट्र भारत स्थित उत्तर प्रदेश राज्यको बहराइच जिल्लामा वि.सं. २०८१ वैशाख ३१ गते (तदनुसार 13 May 2024) का दिन हुन गइरहेको लोकसभा निर्वाचन-२०२४ लाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न यही मिति २०८१।०१।२८ (तदनुसार 10 May 2024) गते राति १०:०० बजेदेखि मिति २०८१।०१।३१ (तदनुसार 13 May 2024) गते राति १२:०० बजेसम्म जिल्ला स्थित नेपाल-भारत सीमा-गाजाहरू बन्द (सिल) रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ जिल्ला प्रशासन कार्यालय बाँकेको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि भारतको लोकसभा निर्वाचनलाई लिएर नेपाल तथा भारतका सीमा स्थित सुरक्षा तथा प्रशासन प्रमुखहरूको बैठकले नाका सिल गर्ने निर्णय गरेको थियो ।

यस अघि पनि नेपाल–भारत दुवै तर्फ निर्वाचनका बेला सीमा सिल गर्ने, गस्ती तथा निगरानी बढाउने गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १० : ३९ बजे

बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा

आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि

इलाममा बोलेरो जीप दुर्घटना, चालकको मृत्यु

इलाम । आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना