४ भदौ २०८३, बिहिबार | August 20, 2026

नेपाल भारत सीमा अन्तर्गत जमुनाहा नाका आज साँझबाट सिल



नेपालगन्ज । भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षाका लागि भन्दै नेपाल–भारत सीमाको जमुनाह नाका शुक्रबार रातीदेखि सिल गरिएको छ ।

आगामी बैशाख ३१ गते भारत उत्तर प्रदेशमा लोकसभा निर्वाचन रहेकाले भारतीय पक्षको अनुरोधमा नेपाल–भारतको जमुनाह नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बिहीबार राती १० बजेबाट बन्द गरिएको नाका आगामी बैशाख ३१ गते राती १२ बजेसम्म कायम रहने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङ्गले सूचना प्रकाशित गरेर जानकारी दिएका छन् ।

‘छिमेकी राष्ट्र भारत स्थित उत्तर प्रदेश राज्यको बहराइच जिल्लामा वि.सं. २०८१ वैशाख ३१ गते (तदनुसार 13 May 2024) का दिन हुन गइरहेको लोकसभा निर्वाचन-२०२४ लाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न यही मिति २०८१।०१।२८ (तदनुसार 10 May 2024) गते राति १०:०० बजेदेखि मिति २०८१।०१।३१ (तदनुसार 13 May 2024) गते राति १२:०० बजेसम्म जिल्ला स्थित नेपाल-भारत सीमा-गाजाहरू बन्द (सिल) रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ जिल्ला प्रशासन कार्यालय बाँकेको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि भारतको लोकसभा निर्वाचनलाई लिएर नेपाल तथा भारतका सीमा स्थित सुरक्षा तथा प्रशासन प्रमुखहरूको बैठकले नाका सिल गर्ने निर्णय गरेको थियो ।

यस अघि पनि नेपाल–भारत दुवै तर्फ निर्वाचनका बेला सीमा सिल गर्ने, गस्ती तथा निगरानी बढाउने गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १० : ३९ बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब