२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्धारा लुम्बिनी भ्रमण



लुम्बिनी । नेपालका लागि अमेरिकी राजदूत डिन. आर. थम्पसनले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा रहेको पहिलो ४०० केभी विद्युत् सबस्टेसनको एमसीए–नेपालको हस्ताक्षर समारोहमा सहभागी हुन आएका राजदूत थम्पसनले शुक्रबार लुम्बिनीको भ्रमण गरेका हुन् ।

राजदुत थम्पसनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरे । उक्त अवसरमा अमेरिकी दूतावासका प्रवक्ता जेहरा नक्भीको पनि उपस्थिती थियो ।

राजदुत सहितको टोलीले शान्ति दीप, मायादेवी मन्दिरको दर्शन, पुष्करणी पोखरी तथा अशोक स्तम्भको अवलोकन गर्दै जानकारी समेत लिएका थिए ।

टोलीलाई कोषका जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले बुद्धजन्मस्थल लुम्बिनीको बारेमा राजदुत थम्पसनलाई जानकारी गराएका थिए । उक्त अवसरमा सदस्य सचिव शाक्य, जनसम्पर्क अधिकृत डा. राइ, सूचना अधिकृत राजन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ६ : ३२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार