७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

निर्वाचनमा सम्मानजनक उपलब्धि हासिल गरेकोमा राप्रपालाई अमेरिकी राजदूतको बधाई



काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले निर्वाचनमा सम्मानजनक उपलब्धि हासिल गरेकोमा राप्रपालाई बधाई दिएका छन् ।

धुम्बाराहीस्थित राप्रपा पार्टी कार्यालयमा बुधबार दिउँसो पुगेका राजदूत थम्पसनले अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा राप्रपाले सम्मानजनक उपलब्धि हासिल गरेकोमा बधाई दिएका सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

साथै राजदूत थम्पसनले लिङ्देनलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना पनि दिएका छन् ।

सो भेटका क्रममा पार्टी अध्यक्ष लिङ्देन र राजदूत थम्पसनबीच समसामयिक विषय र दुईपक्षीय सम्बन्धको विषयमा पनि कुराकानी भएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ५ : ०३ बजे

कांग्रेबाट संसद बैठकमा अवरोध, १५ मिनेटकालागि बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरको छ ।

सुनको मूल्य तोलामा नौ सयले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता–चन्द्रप्रसाद ढकाल

काठमाडौं । औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण

बाँकेका बिभिन्न स्थानबाट चोरी भएका ९ थान मोटरसाईकल बरामद, ४ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी भएका नौ

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ