४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेवाः सेवा समिति बुटवलको १५ औं वार्षिक साधारणसभा सम्पन्न



बुटवल । श्री नेवा: सेवा समितिको १५ औ वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच समितिका संस्थापक उपाध्यक्ष तथा जेष्ठ नागरिक गोबिन्दकृष्ण कर्माचार्यले उद्घाटन गरे । कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले कला, संस्कृतिमा महिलाहरुको योगदान रहेको तर्क दिदै समिति समानान्तर रुपमा लैगिक समानतासहित नमुना काम गरेको बताए ।

कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै स्थापनाको १८ वर्षको अवधिमा नेवारी संस्कृति झल्काउने संखध्वर साख्वा सास्कृतिक भवन निर्माणसहित विविध कला, संस्कृति जगेर्ना र रचनात्मक कार्यहरु गर्न सफल भएको उनले बताए । अहिलेसम्म १ करोड ५० लाख रुपैया सम्पत्ति रहेको उनले बताए ।

 

कार्यक्रममा महिला समितिका अध्यक्ष तारा श्रेष्ठले नेवारी संस्कार र संस्कृति जगेर्नामात्र नभई महिलालाई अगाडी बढाउन महत्वपुर्ण योगदान गर्दै आएको बताईन । कार्यक्रममा आजिवन सदस्य कृष्ण कुमार श्रेष्ठले नेवारी भाषा र लिपि लोपोन्मुख हुँदै गैरहेको बेला यसको संरक्षणमा अघि बढाउन जरुरी रहेको बताए । नेपालको माडबाडीका रुपमा पहिचान बनाएका नेवार समुदाय पछिल्लोसमय पछि परेको उनले दुखेसो गरे।नीति निर्माण गर्ने स्थानसम्म पुग्ने गरि दिर्घकालिन सोचका साथ अगाडि बढाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठ, नेवा पुच नेवा सेवा समितिका अध्यक्ष काजिमान श्रेष्ठ, उद्योगी तथा समाजसेवी नवराज श्रेष्ठ, तिनाउ ईन्टरनेश्नल प्रालिका अध्यक्ष चिरञ्जीवी जोशी, निर्मल लाकौल, महेन्द्र नारायण श्रेष्ठ, लायन्स ईन्टरनेश्नल ३२५ का डिष्ट्रिक गर्भनर पुरुषोत्तम प्रधानाङ, बसन्ती श्रेष्ठ, समितिका सचिव शारदा श्रेष्ठले संस्थागत विकास र योजनाबारे प्रकाश पारे ।

कार्यक्रममा समितिका कोषाध्यक्ष दल बहादुर श्रेष्ठले आर्थिक प्रगति प्रतिवेदन तथा अनुमानित आय, ब्यायको बजेट पेश गरेका थिए ।

कार्यक्रममा नेवा पत्रकार सत्य नारायण मानन्धरलाई सम्मान गरिएको छ । यसैगरि कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरुलाई सम्मान गरिएको थियो । यसैबिच समितिका एक दर्जन जेष्ठ नागरिकहरुलाई नगद र सम्मानपत्रबाट सम्मान गरिएको थियो । यसैगरि साधारणसभाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत गरिएको रक्तदान कार्यक्रममा २० युनिट रगत संकलन भएको समितिका उपाध्यक्ष डिल्ली कुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ७ : ४० बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा