१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री कार्की



मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन् ।

प्रदेशसभामा आज विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुको जिज्ञासामा जवाफ दिनुहुँदै हाललाई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सहितको सरकार विस्तार गर्ने जानकारी दिए।

मुख्यमन्त्री कार्कीले जनता समाजवादी पार्टी नेपाल विभाजनपछि सनाखत हुन केही दिन लाग्ने तथा नेकपा (एकीकृत समाजवादी) सरकारलाई समर्थन दिने तर प्रतिपक्षमा बस्ने भएकाले आगामी दिनमा छलफल गरी सरकारमा सहभागी हुने विश्वास व्यक्त गरे।

अहिले प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या वृद्धि नगर्ने उनले जानकारी दिए । उनले यस माओवादीसँग समझदारी भएको प्रष्ट पारे । विश्वासको मत लिने बैठकमा नेपाली कांग्रेस अनुपस्थित हुनु संसदीय अभ्यासको क्रममा चुकेको उनको प्रतिक्रिया छ । कांग्रेसले कार्य व्यवस्था समितिको बैठकमा आजको बैठक सार्ने विषयमा कुनै जानकारी नदिएको उनले प्रष्ट पारे।

मुख्यमन्त्री कार्कीले भने, “एमालेले संविधान, संसदीय अभ्यास, ऐन, नियम कानुनको पालना गरी सरकार निर्माण गरेको छ, सरकार अल्पमतको होइन बहुमतको हुन्छ ।”

उनले कुनै पनि सरकारले सदनको विश्वास गुमाएपछि विश्वासको मत लिनु पर्ने, अन्यथा राजीनामा दिई अर्को सरकार निर्माणलाई स्विकार्नुपर्ने बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ८ : २१ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई