२ चैत्र २०८२, सोमबार | March 16, 2026

बर्दियामा शुरु भयो युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता सम्बन्धि युवा भेला



बर्दिया । युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता सम्बन्धि युवा भेला बर्दियाको ठाकुरद्वारामा शुरु भएको छ ।

प्लान ईन्टरनेशनल नेपाल, शसक्त बालिका परियोजनाको आयोजना तथा साझेदार संस्था बाँके युनेस्को कलव, राधाकृष्ण थारु जनसेवा केन्द्र, बि ग्रुप र स्थानीय पालिकाहरको समन्वयमा युवा भेलामा बर्दिया जिल्लाका सबै स्थानीय निकायवाट युवाहरूको प्रतिनिधित्व हुने गरी किशोरी क्लव, युवा क्लव र परिवर्तनका संवाहक समुहका सदस्य गरी ३६ जना किशोर किशोरी तथा युवाहरूको सहभागिता रहेको छ ।

युवाको नेतृत्व विकास, युवाहरुको सवाल, स्थानीय तहको योजना, निति तथा कार्यक्रम निर्माण प्रकृयामा युवाको सवाल र सहभागितामा पहुँच पु¥याउनका लागि जिल्ला स्तरिय युवा भेला संचालन गरिएको प्लान इन्टरनेशनल नेयालका निमित्त कार्यक्रम विज्ञ दिक्षा भाटले जानकारी गराइन् । युवा भेला कार्यक्रममा शसक्त बालिका परियोजनाको सह‌योगमा स्थानीय तहको समन्वयमा गठन गरिएका किशोरी क्लव तथा युवा क्लव र परिवर्तनका संवाहक समुहबाट प्रतिनिधित्व गरेका छन् ।

स्थानीय तहको निति निर्माण प्रकृयामा अर्थपूर्ण सहभागिताका लागि क्षमता विकास गरी युवाहरुको सवाल र युवा लक्षित योजनाहरु समावेश गर्नका लागि भेलाबाट सहयोग पुग्ने बाँके युनेस्को क्लव, शसक्त बालिका परयोजना संयोजक गोबिन्द प्रसाद लामािछानेले जानकारी दिए ।

भेलाको क्रममा सबै स्थानीय सरकारका प्रमुखहरुको उपस्थितिमा युवाहरुको स्थानीय योजना तथा नीति निर्माण प्रकृयामा यूवाहरुको सहभागता सुनिश्चितता गरी उनीहरुको शैक्षिक र नेतृत्व विकासमा टेवा् पुग्ने विश्वास गरिएको छ। युवा भेला कार्यक्रमको सहजिकरण प्लान ईन्टरनेशनल नेपालका अस्निता थापाले गरेकी छन् ।

कार्यक्रममा बाँके युनेस्को क्लवका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछाने, राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेल, वि ग्रुपका बाकेका वालविवाह,छिटो बिवाह,जबरजस्ति गरिने बिवाह रोकथाम परियोजना संयोजक दिनेश चौधरीको, र वालविवाह न्युनिकरण परियोजनाका प्राबिधिक संयोजक लक्ष्मि प्रसाद शर्मा समेतको उपस्थिती रहेको छ । भेला १४(१६ मे सम्म तीन संचालन हुने जनाइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  २ : १० बजे

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

म्याग्दी । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का रामलाल चालिसे प्राकृतिक उपचारका