काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन् ।
पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्याउनको लागि कांग्रेसका नेताहरुलाई चेतावनी दिएका हुन् ।
उनले भने, ‘जहाँसम्म गिरिबन्धु टि स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विघाह, एक पटक १९ विघा कमिशन खाएर सट्टापटट गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ । त्यही टि स्टेटको, पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेशबमोजिम ऐन बनाएका हौं । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।’
उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गरेका छन् । उनले कांग्रेसले पाखुरा देखाएको र मसलको राजनीति गरेको भरमा आफूहरु नलतिर्ने चेतावनी दिए । उनले रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने पहिलो शर्त रहेको बताए ।
ओलीले अब कांग्रेसले गरेको संसद अवरोधको प्रतिरोध गर्ने चेतावनी समेत दिए । उनले कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने जिकिर गर्दैै भने, ‘नेपाली कांग्रेसले बकबास बोलिरहने हामी सुनिरहने होइन । अब बकबास सुनिरहन हामी तयार छैनौं । उनले अब संसदमा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्ने भन्दै उनले बोल्न नपाए एमाले बोल्ने दाबी गरे ।



















प्रतिक्रिया