३ पुस २०८२, बिहिबार | December 18, 2025

एमाले बाँके अधिवेशनको तयारी पुरा, अध्यक्षमा ४ जना आकाँक्षी



नेपालगन्ज । नेकपा (एमाले)को नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले बाँकेले जनाएको छ । आज नेपालगन्ज स्थित पार्टी कायर्यालयमा पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारी पुरा भएको जानकारी गराइएको हो ।

भोलि (शुक्रकार) एमाले महासचिव शंकर पोखरेलले उदघाटन गर्ने जिल्ला अधिवेशन २ दिन चल्ने एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए । अधिवेशनको उदघाटन सत्र एमाले पार्टी केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रले संचालन गरेको मेरो प्लानेट भवानीयापुरमा हुने जनाउँदै उनले बन्दसत्रमा भने पार्टी अध्यक्ष केपी ओलीको उपस्थिती रहने जानकारी दिए । बन्दसत्रमा ८ औं अधिवेशन देखि हालसम्म २४ महिनामा पुरा गरेको कामहरुको समिक्षा ,आगामी ३ बर्षे कामको कार्ययोजना समेत तय गरिने अध्यक्ष कक्षपतिले बताए ।

अधिवेशनमा नेपालगन्ज उपमहानगरबाट ८३ जना, कोहलपुर नगरपालिकाबाट ८९ जना, खजुरा गाउँपालिकाबाट ६१ जना, जानकीबाट १६ जना, बैजनाथबाट ७५ जना, राप्ती सोनारीबाट ३६ जना, डुडुवाबाट १६ जना, नरैनापुरबाट ११ जना र जनसंगठनबाट ८१ गरि जम्मा ४६८ जना प्रतिनिधिहरु अधिवेशनमा सहभागिता हुनेछन् ।

प्रत्यक १५ पार्टी सदस्यबाट १ जना प्रतिनिधित्व रहनेगरि प्रतिनिधि निर्वाचित गरिएको एमाले बाँके प्रचार बिभाग प्रमुख सचिस निरौलाले बताए । वडालाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन गरिएको जनाउँदै उनले महिला र दलितको हकमा १० जना बराबर एमजना प्रतिनिधि चयन भएको जानकारी दिए ।

बाँकेमा आगामी कार्यकालका लागि अध्यक्ष पदमा ४ जना आकाँक्षी देखिएका छन् । आकाँक्षीहरुमा वर्तमान अध्यक्ष कक्षपती सहित प्रदेश कमिटी सदस्य घननाथ खनाल, उपाध्यक्ष निरक गुरुङ र डिल्ली बिसी रहेका छन् ।

चारजना नै निर्वाचनमा भिडे वर्तमान अध्यक्ष कक्षपतीको निर्वाचित हुने सम्भावना रहेपनि कक्षपती बाहेकका तीन जना मध्य एक जना उम्मेदवार बनेको अवस्थामा फरक नतिजा आउन सक्ने एमाले निकट कार्यकर्ताहरुले आँकलन गरेका छन् । अन्य जिल्लाहरुमा केन्द्रीय नेताहरुले लबिङ गर्दा लबिङको बिरुद्ध नतिजा आएपछि बाँकेमा केन्द्रका नेताहरु तटस्थ बस्ने सम्बभावना रहेको पार्टी निकट नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ५ : २६ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन