४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवलका चोक चोकमा लुटपाट र चोरी गर्ने गिरोहका २ जना पक्राउ



बुटवल । बुटवल र त्यस आसपासमा चोक र गल्लीहरुमा लुटपाट र चोरी गर्ने गिरोहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाटो हिँड्ने बटुवा तथा महिलाहरुको घाँटीमा लगाएको सुनको गहना लुट्ने र चोरी गर्ने गिरोहका २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रूपन्देही बुटवल उप- महानगरपालिका वडा नं. ७ घर भई हाल वडा नं ११ देबीनगर बस्ने ४५ वर्षिय कबिराज खड्का र बुटवल उप- महानगरपालिका वडा नं. २ का ४२ वर्षिय सुरेन्द्र अमात्य रहेका छन् ।

जिल्लाको बुटवल लगाएत अन्य ठाउहरुमा बाटोमा हिन्ने व्यक्तिहरुको घाँटीमा लगाएको सुनका गह्र गहना लुटि लाने कार्य गर्दै फरार हुने गरेको सुचना सम्बन्धमा प्रहरीको सुक्ष्म अनुसन्धानबाट पिछा गर्ने जाने क्रममा बुटवल उप- महानगरपालिका वडा नं. १० कालिका चोकबाट लुटपाटमा संलग्न खड्का र सुरेन्द्र अमात्यलाई दसी सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्मुख डीएसपी विजयराज पण्डीतले बताए ।

पक्राउ परेका दुबैजनालाई गरी चोरी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ६ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको