१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु



बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता हुँदैछ ।

लोक दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजनामा हुने दुई दिने प्रतियोगितामा प्रदेशका १० जिल्लाबाट प्रतियोगी टिम बुटवल आउदैछन । प्रतिष्ठानका अध्यक्ष दिपु मगरले रुकुम पूर्व र अर्घाखाँची बाहेक दश जिल्लाबाट टिम प्रतियोगितामा सहभागी हुने जानकारी दिए ।

हरेक जिल्लाबाट तीन जना पुरूष र तीन जना महिला सहितको टिम हुनेछन् । प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५५५, द्धितीयले ३३ हजार ३३३, तृतीयले २१ हजार १११ र सान्त्वनाले १५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतिष्ठानका सचिव योगराज पोखरेलले कार्यक्रममा ७०० कलाकारको सहभागिता रहने बताए । लुम्बिनी प्रदेश खेलकूद परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले दोहोरी खेल दिमाग खिवाउने खेल भएकोले खेलकूदको विधामा पनि पर्ने बताए ।

प्रतियोगितामा निर्णायक संमितिको संयोजकको जिम्मेवारीमा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खेमबहादुर हमाल रहेका छन् । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ६ : १७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान