२९ भदौ २०८३, सोमबार | September 15, 2026

तिलोत्तमामा सूचना केन्द्र र आपतकालीन कार्य संचालन केन्द्र स्थापना



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा सूचना केन्द्र र स्थानीय आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरिएको छ । नगरपालिकाको सही सूचना सहजै उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको हो भने एक्कासी आइपर्ने विपद् न्यूनीकरणको कार्यमा तत्पर रहन आपतकालीन संचालन कार्य केन्द्र निर्माण गरिरएको हो । दुवै केन्द्रको सोमबार एक कार्यक्रमका बीच नगर प्रमुख रामकृष्ण खाँणले उद्घाटन गरेका छन् ।

उनले भौतिक, मानवीय क्षेत्रमा काम गरिरहेको तिलोत्तमाले सूचना प्रवाहमा पनि अग्रसर रहन सूचना केन्द्र संचालनमा ल्याएको बताए । उनले सूचना केन्द्रले नगरभित्र भइरहेका हरेक गतिविधिबारे सरोकारवालालाई जानकारी दिलाउन र आपतकालीन कार्य संचालन केन्द्रले विपद् न्यूनीकरणमा सघाउ पुग्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तिलोत्तमाले गरेको नवीनतम काम संघीय सरकारले गर्नुपर्ने खालको रहेको बताए । उनले अब अन्य पालिकाले समेत सिको गरेर केन्द्र संचालनमा ल्याउने, विपद् व्यवस्थापन सम्बन्धी तालिम दिएर जनशक्ति तयार राख्न आवश्यक भएको बताए ।

उनले हरेक वर्ष विपद्का नाममा खर्च भइरहेको बजेटको प्रभावकारिता देखिने गरी काम गर्न आग्रह गरे । अर्यालले केन्द्रमा आउने जो कोहीलाई पालिकाको सही सूचना दिन समेत आग्रह गरे । कार्यक्रमका अधिकांश सहभागीहरुले पालिकाले विनियोजन गर्ने बजेट मध्ये विपद् व्यवस्थापनका लागि गरिने तालिममा मात्र सीमित नरहेर केन्द्र स्थापना गरी तालिम प्रदान गरेका जनशक्तिलाई तत्पर रहन निर्देशन दिनुपर्ने बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ६ : १६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ