२३ माघ २०८२, शुक्रबार | February 6, 2026

जोमसोम-कागबेनी सडक कालोपत्र गरिँदै



म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ ।

तेह्र किलोमिटर लामो जोमसोम-कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत जोमसोम-कागबेनी खण्डमा कालोपत्र गर्न वि।स। २०७८ असोज ४ गते रौताह-आत्रेय जेभीले रु. २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदार कम्पन्नीका रौताहका आयोजना व्यवस्थापक सञ्जय भट्टले एक्लेभट्टी क्षेत्रमा दुई किलोमिटर सडकमा कालोपत्र गर्न प्राइमकोट राखेको जानकारी दिए । “२ किलोमिटरमा प्राइमकोट राखिसकेका छौ,” उनले भने “पिप्स, बिटुमीन आयात र उपकरण व्यवस्थापन गरेका छौँ । सबबेस र बेस राख्ने काम सकिएको छ । चालु आर्थिक वर्षभित्र नै जोमसोमदेखि कागबेनी खण्डमा कालोपत्र सक्नेगरी तयारी गरेका छौ ।”

अठार महिनाको ठेक्का अवधिको भएको ठेकेदारलाई बेनी-जोमसोम-कोरला सडक आयोजनाले धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि दुई वर्षपछि कम्पनीले गत भदौदेखि काम थालेका थियो ।

आयोजना प्रमुख धुु्रवकुमार झाका अनुसार यसअघिनै ग्राभेल भइसकेको जोमसोम-कागबेनी सडकको ग्रेड मिलाउने, विस्तार गर्ने, मेसिनरी, ग्याबिन पर्खाल, माटो कटिङ, फिलिङ, नाली निर्माणका लागि ठेक्का लगाइएको थियो ।

जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने आठ वटा खण्डको एक सय १० किलोमिटर सडकमध्ये छ वटाको ७५ किलोमिटरमा ग्राभेल भएको छ ।

पच्चीस किलोमिटर लामो चराङ-छोसेर खण्डको ८५ प्रतिशत काम पूरा भएको छ । यो खण्डको स्तरोन्नति सकिएपछि जोमसोम-कोरला नाका जोड्ने सबै खण्ड ग्राभेल गरिने योजना प्रमुख झाले जानकारी दिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ७ : ४८ बजे

म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको

सहिद पुत्री दिवान्सीले दिनदिनै सोधिन्, ‘मम्मी, बाबा खोइ ?’

सिरहा । तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ

आजको मौसम : तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम

आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस

काठमाडौं । आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय

बैतडी बस दुर्घटना : मृतकको सङ्ख्या १३ पुग्यो

बैतडी । जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या