३ असार २०८१, सोमबार | June 17, 2024

हावाहुरी रोकिएको ५ दिन पुग्दापनि बाँकेमा विद्युत पूर्ण सुचारु हुन सकेन

४२ डिग्री तापक्रममा सास्ती खेप्दै स्थानीय



नेपालगन्ज । भिषण हावाहुरी र वर्षाका कारण अवरुद्ध भएको विद्युत हावाहुरी रोकिएको ५ दिन पुग्दा पनि पूर्णरुपमा सुचारु हुन सकेको छैन । हावाहुरी रोकिएको ५ दिन सम्मपनि बिद्युत सेवा पूर्णरुपमा सुचारु गर्ने विषयमा नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र असफल देखिएको छ ।

वितरण केन्द्रले सामाजिक सञ्जाल मार्फत सुचारु भएको भनिएका क्षेत्रहरुमा पनि सयों पटक विद्युत आउने जाने गर्ने, अत्यन्त लो भोल्टेज तथा अधिकांस समय सुचारु नभएको अवस्था रहेको स्थानीयले बताएका छन् । लो भोल्टेजका कारण उपकरणहरु नचल्दा अस्पताल, खानेपानी, प्रयोगशालाहरुका समस्या देखिएका छन् । विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रले भने अधिकांस फिडरहरु रिचार्ज भइसकेको दाबी गर्दै आएको छ । विद्युतको दाबी झुठो र भ्रमपूर्ण रहेको बाँके खजुराका स्थानीय अगुवा दिपक ढकालले बताए । सुचारु भयो भनिएको खजुरामा बुधबार दिनभरी विद्युत नभएको र राती पनि कुनैपनि उपकरण नचल्ने लो भोल्टेजमात्र आएको उनले बताए । ‘पङ्खा चलेनचलेको हेर्न टर्च बाल्नु पर्ने अवस्था छ,’ उनले भने, ‘विद्युतका कर्मचारी विद्युत सुचारु गर्ने विषयमा असफल देखिएका छन् ।’

हावाहुरी र वर्षाका कारण सोमबार बेलुका साढे ५ बजेदेखि नेपालगन्जसहित बाँके जिल्लाभर विद्युत सेवा बन्द भएको थियो । नेपालगन्ज, खजुरा लगायतका अधिकांस क्षेत्रमा प्राधिकरणले सेवा सुचारु भएको दाबी गरेपनि त्यस्तो नभएको स्थानीयले बताएका छन् ।

विद्युत अवरुद्ध सम्बन्धमा प्राध्यापक मनित पौडेलले त बिद्युतका कर्मचारीहरुको पार्टीगत कर्मचारी युनियनका कारण हाकीमलाई नटेर्ने गरेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी पोष्ट गर्दै उनले कर्मचारी युनियनले गर्दा युनियनमा आबद्ध भएका कर्मचारीहरु हाकिमहरुलाई नटेर्ने गरेको उल्लेख गर्दै उनिहरु हाकिम भन्दा बलिया हुने गरेको टिप्पणी गरेका छन् । बाँकेका अधिकांसस्थानमा विद्युत सुचारु नहुँदा विगत ५ दिनदेखि सर्वसाधारण नागरिकले चर्को गर्मीमा निकै सास्ती खेपेका छन ।

विद्युतको अनियमितता र लो भोल्टेजका कारण खजुरा स्थित सुशिल कोइराला प्रखर क्यामन्सर अस्पतालमा पुगेका गम्भीर प्रकृतिका बिरामीहरुले सास्ती खेपिरहेको प्रखर परोपकार मिसन नेपालका अध्यक्ष महेन्द्र मल्लले बताए । विद्युतको गडबडीका कारण शल्यक्रिया, आइसियु, रेडियो उपकरण पूर्णरुपमा चल्न नसकेको उनले बताए ।

विद्युत नहुँदा अस्पतालमा बिरामीहरुको पनि विचल्ली भएको छ । अस्पतालले २४ सै घण्टा जेनेरेटर चलाएपनि राम्रोसँग उपकरण चल्न नसकेको उनले बताए ।

वितरण केन्द्रले नेपालगन्जको गर्मीलाई मध्यनजर गर्दै छिटो सेवा सुचारु गर्न प्राविधिक जनशक्तिलाई सही तरिकाले परिचालन गर्न नसकेको स्थानीयको आरोप छ ।

प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले प्रायः जसो सबै स्थानमा स्थानमा वितरण तथा प्रशारण लाइनको पोल र तारमा क्षति पुग्न जादाँ बिद्युत सेवा अवरुद्ध भएको र मरमतलाई तिब्र पारिएको विद्युत प्राधिकरणका वितरण केन्द्र प्रमुख जगन्नाथ लामिछानेले बताए । प्रमुख समस्या समाधान हुने तर्फ गएपनि साना साना समस्याका कारण बिद्युत आउने जाने गरेको स्वीकार गर्दै उनले मुख्य समस्या समाधान पछि सानातिना समस्या खोजिने जानकारी दिए । लो भोल्टेजको समस्या पर्याप्त बिद्युत आपुर्ति नभएर भएको उनले बताए । उनले नेपालगन्जलाई आवश्यक विद्युत कोहलपुर ग्रिटबाट पाउन नसक्दा लोडमा समस्या रहेको बताए ।

केन्द्र अन्तर्गतका नो लाईट शाखाका कर्मचारीहरुले अफिसियल फोन नउठाउने गरेको स्थानीयको गुनासो छ । ‘फोन उठाइदिए के समस्या हो भन्ने त थाहा हुन्थ्यो, फोन उठाउँदैनन् ।’ खजुराका स्थानीय व्यवसायी रोसन सापकोटाले बताए । फेसबुकमा बिद्युत सुचारु भएको झुठो विवरण पोष्ट गर्न भ्याउने कर्मचारीले ग्राहकको फोन भने नउठाउने गरेको सापकोटाको आरोप छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ९ : ३५ बजे

राष्ट्रपति पौडेललाई जर्मनीमा गार्ड अफ अनर

जर्मनी । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार

सरकारको भविष्यबारे चिन्ता गर्नुपर्नेबेला भएको छैनः महासचिव पोखरेल

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान

सङ्घीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न अर्थमन्त्रालयसँग छलफल गरिने

काठमाडौं । सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा

६ किलो सुन सहित पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता

काठमाडौं । ६ किलो सुन सहित पक्राउ परेका चिनियाँ नागरिक

सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने

काठमाडौं । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन