६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

रुपन्देही प्रहरीले अबैधरुपमा नदी उत्खनन् गर्ने साधनहरु बरामद गरि स्थानीय सरकारलाई बुझायो



बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानमा अबैधरुपमा नदी उत्खनन् गरिरेको साधनहरु नियन्त्रणमा लिएर स्थानीय सरकारलाई बुझाएको छ । जिल्लाका बिभिन्न स्थानहरुबाट अबैध नदिजन्य पदार्थ तथा अबैध रुपमा माटो उत्खनन गरिरहेको अवस्थामा सवारी साधनहरुलाई फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्बन्धित स्थानिय निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मायादेबी गाउँपलिका वडा न. ७ मर्चहवामा अबैध रुपमा बालुवा उत्खन्न गरी लु २ ख ४२७६ र लु २ ख ५३४२ नं.को टिप्परमा लोड गरी ओसारपसार गरीरहेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मायादेबी गाउँपलिकाको कार्यालयमा बुझाएको हो ।

त्यसैगरि इलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पनि सोही गाउँपालिका वडा नं. ७ बनगाईमा अबैध बालुवा ओसारपसार गरीरहेको अवस्थामा रा १ ख १४९५ र प्रदेश २-०३-०१ ख ७०३६ नं.को टिप्परलाई फेलापारी नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि मायादेवी गाउँपालिकाको कार्यालयमा बुझाएको छ ।

प्रहरी चौकी ब्यहोरीबाट खटिएको प्रहरी टोलीले कञ्चन गाउँपालिका वडा नं. १कुचेराबाट अवैध रुपमा माटो उत्खनन् गरी ओसारपसार गरिरहेको अवस्थामा ना १ क ३७३७ नं. को जेसिभी र ना ८ ख ६६४७ नं.को टिप्पर लाई नियन्त्रणमा लिई कञ्चन गाउँपालिकाको कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ६ : ४६ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको