३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देही प्रहरीले अबैधरुपमा नदी उत्खनन् गर्ने साधनहरु बरामद गरि स्थानीय सरकारलाई बुझायो



बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानमा अबैधरुपमा नदी उत्खनन् गरिरेको साधनहरु नियन्त्रणमा लिएर स्थानीय सरकारलाई बुझाएको छ । जिल्लाका बिभिन्न स्थानहरुबाट अबैध नदिजन्य पदार्थ तथा अबैध रुपमा माटो उत्खनन गरिरहेको अवस्थामा सवारी साधनहरुलाई फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्बन्धित स्थानिय निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मायादेबी गाउँपलिका वडा न. ७ मर्चहवामा अबैध रुपमा बालुवा उत्खन्न गरी लु २ ख ४२७६ र लु २ ख ५३४२ नं.को टिप्परमा लोड गरी ओसारपसार गरीरहेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मायादेबी गाउँपलिकाको कार्यालयमा बुझाएको हो ।

त्यसैगरि इलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पनि सोही गाउँपालिका वडा नं. ७ बनगाईमा अबैध बालुवा ओसारपसार गरीरहेको अवस्थामा रा १ ख १४९५ र प्रदेश २-०३-०१ ख ७०३६ नं.को टिप्परलाई फेलापारी नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि मायादेवी गाउँपालिकाको कार्यालयमा बुझाएको छ ।

प्रहरी चौकी ब्यहोरीबाट खटिएको प्रहरी टोलीले कञ्चन गाउँपालिका वडा नं. १कुचेराबाट अवैध रुपमा माटो उत्खनन् गरी ओसारपसार गरिरहेको अवस्थामा ना १ क ३७३७ नं. को जेसिभी र ना ८ ख ६६४७ नं.को टिप्पर लाई नियन्त्रणमा लिई कञ्चन गाउँपालिकाको कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ६ : ४६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका