१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

जलजलाका उद्यमीलाई बीउ पुँजी प्रदान



पर्वत । पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र लघु तथा घरेलु उद्यम सञ्चालन गरेका उद्यमीलाई रु एकरएक लाखका दरले बीउ पुँजी उपलब्ध गराएको छ ।

गाउँपालिकाले सञ्चालन गरेको ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत नौ वटा वडामा एकरएक जना उद्यमीका दरले घुम्ती कोषमार्फत रु नौ लाख अनुदान उपलब्ध गराएको हो ।

विभिन्न प्रकृतिका उद्यमको वर्गीकरण गरी छनोट भएका उद्यमीलाई जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले घुम्ती कोषबापतको रकम वितरण गरेका छन् । वडा विकास कार्यक्रमले टोल विकास संस्थाका सदस्यलाई आत्मनिर्भर बनाउन तथा आर्थिकस्तर वृद्धि गर्न घुम्ती कोष परिचालन गरी सहयोग गरेको उनले जानकारी दिए ।

वडा नं १ का सन्तु दर्जीले बाख्रापालन, वडा नं २ साम्मारेका दुर्गाबहादुर सुनारले आरन व्यवसाय, वडा नं ३ का पवित्रा कुमारी उपाध्याय पौडेलले स्टेशनरी, वडा नं ४ का लक्ष्मी गिरीले बाख्रापालन र वडा नं ५ का मिना सुवेदीले तरकारीखेती र पसल सञ्चालन गर्न घुम्ती कोषको रकम पाएको अध्यक्ष आचार्यले जानकारी दिए ।

वडा नं ६ का उजेली सार्कीले भैँसीपालन, वडा नं ७ का पूर्णे दमाईले तरकारीखेती, वडा नं ८ का नन्दराम पाध्याले पशुपालन र वडा नं ९ का दुलबहादुर पुर्जाले फलफूल तथा तरकारीखेतीका लागि रकम प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।

सहुलियत ब्याजदरमा बिनाधितो प्राप्त गरेको घुम्ती कोषको रकम अवधि पुगेपछि टोल विकास संस्थालाई फिर्ता गर्नुपर्नेछ । असल उद्यमी निर्माण तथा उद्यमशीलताको विकास गर्ने, भौतिक पूर्वाधारका काममा गुणस्तर कायम गर्ने, कृषि तथा पशुजन्य उत्पादनमा आत्मर्निभर बनाउने, युवाको विदेश पलायनमा न्यूनीकरण गरी रोजगारीका अवसर सिर्जना गर्नेलगायत उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष आचार्यले बताए ।

पर्यटन व्यवसायलाई प्रभावकारी बनाउन र गरिबी न्यूनीकरण गर्ने उद्देश्यले घुम्ती कोष परिचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले बताए । उनका अनुसार चालु आर्थिक वर्षदेखि सुरु भएको कार्यक्रम हरेक वर्ष फरकफरक उद्यमीलाई प्रदान गरिने योजना रहेको छ ।

पालिकाभित्रै व्यावसायिकरुपमा गरिने फलफूल, तरकारी उत्पादन, पशुपक्षीपालन, घरेलु औजार तथा उपकरण निर्माण गरी स्वरोजगारमूलक काम गरिरहेका उद्यमीको प्रोत्साहन हुनुका साथै यस क्षेत्रमा लाग्न चाहने युवालाई पनि प्रेरणा मिल्ने प्रशासकीय अधिकृत आचार्यको भनाइ छ । पालिकाले यसअघि एकल वा हलगोरु पाल्ने तथा स्थानीय जातका गाईगोरु संरक्षण गर्ने कृषकलाई पनि अनुदान उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  २ : ३६ बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा