२८ चैत्र २०८२, शनिबार | April 12, 2026

अनुदानमा बिरुवा पाएपछि जैमिनीका किसान केराखेती गर्दै



बलेवा । जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षदेखि किसानलाई केराका बिरुवामा अनुदान उपलब्ध गराउन थालेपछि यसतर्फ उनीहरुको आकर्षण बढेको छ ।

नगरपालिकाले केराखेत गर्ने किसानका लागि प्रतिबिरुवा रु २० अनुदान उपलब्ध गराउन थालेपछि स्थानीयले धान फल्ने खेतमा केराखेती गर्न थालेका हुन् । बागलुङ तथा कुश्मा बजारमा कुश्मीशेराका केराको माग बढी हुनाका साथै उत्पादन पनि बढी हुने भएकाले किसानलाई यसतर्फ आकर्षित गर्न अनुदान उपलब्ध गराइएको जैमिनी-१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले बताए । यहाँका एक सय किसानलाई अन्य कृषि पेसासहित केराखेतीमा पनि जोडिएको उनले जानकारी दिए ।

जैमिनी-१ कुश्मी गाउँका ७२ वर्षीय देवनारायण शर्मालाई हिजोआज केराका बिरुवा खेतमा पु¥याउने चटारो छ । घर पारिको खेतमा केराका बिरुवा लगाउन दैनिक चारजना खेताला परिचालन गरेको उनले बताए ।

शर्माका अनुसार आठ रोपनी जमिनमा यतिबेला सयौँ केराका बोट छन् । उनले २५ रोपनी जमिन रहेको भन्दै बाँकी खेतमा पनि केरा लगाउने योजना बनाएको बताए ।

यस वर्ष मात्रै दुई हजार तीन सय ५० केराका बिरुवा लगाएको शर्माले जानकारी दिए । उनका अनुसार अघिल्ला वर्षहरु लगाइएका बोटले वर्षेनि आम्दानी दिइरहेका छन् ।

“केही वर्ष अघिसम्म कयौँ दिन लगाएर रोपाइँ गरिने खेत जनशक्तिको अभावमा बाँझै हुन थालेको थियो । अहिले केराका बगैँचा बनेका छन्”, उनले भने, “छोराछोरी घरमा छैनन्, खेताला लगाउँदा घाटा नहुने भएकाले केराखेती गर्न लागेको हुँ ।” खेत र पाखाभरि केराको बगान बनाउने योजना रहेको उनको भनाइ छ ।

शर्मा मात्रै होइन, यहाँका अधिकांश किसानले धान फल्ने खेतमा केरा लगाउन थालेका छन् । कुश्मीगाउँका धर्मराज शर्मा, वडारका खेम पौडेल, टारका पूर्णप्रसाद शर्मालगायतले धान रोपाइँ नगरेर केराखेती थालेका हुन ।

“धान रोप्दा उत्पादनले खेताला नथेग्ने अवस्था भयो । बीउ, मल उस्तै महँगो”, पूर्णप्रसाद शर्माले भने, “वर्षमा एक महिना जति हेरचाह गरे वर्षभरि उत्पादन दिन्छ । खेती गर्न सहज र आम्दानी पनि मनग्ये हुन्छ ।” उनका अनुसार केराखेती विस्तारका लागि वडा कार्यालयले प्रोत्साहित पनि गरिरहेको छ । प्राविधिक समस्या भए वडाले सहजीकरण गर्ने उनको भनाइ छ ।

केराखेतीबाट यहाँका अधिकांश किसानले वर्षमा रु ५० हजारदेखि रु चार लाखसम्म आम्दानी गरिरहेका कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । उनका अनुसार समुन्द्री सतहबाट छ सय मिटर उचाइमा रहेकाले जैमिनीघाट र कुश्मीसेरा केराखेतीका लागि उपयुक्त स्थान हो ।

‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी-९’ जातका केरा यहाँ सिफारिस गरिएको शर्माले जानकारी दिए । स्थानीय जातका केरा छिटो नबिग्रने भएको सिफारिस गरिएको उनको भनाइ छ ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले पनि यस क्षेत्रलाई केराको ‘पकेट जोन’ मानेको छ । वडा कालीगण्डकी करिडोर र बागलुङ कुश्मीसेरा खण्डमा जोडिएपछि बजारीकरणमा सहज भएको जैमिनी-१ का वडाध्यक्ष आचार्यले बताए ।

यहाँको केरा बजारमा प्रतिदर्जनरु एक सय २० देखिरु एक सय ५० सम्ममा बिक्री हुने गरेको स्थानीय बताउँछन् ।

नगरपालिकाले केरा पकेट विस्तार कार्यक्रमअन्तर्गत कृषि निर्देशनालयको सहकार्यमा ‘नाफा परियोजना’ सञ्चालन गरेको कृषि प्राविधिक शर्माले जानकारी दिए । “रु एक करोड बजेटमा हामीले प्रवर्द्धनात्मक कार्यक्रम गर्दैछौँ”, उनले भने, “सिँचाइका लागि पाइप खरिद गरेर किसानलाई दिने काम भइरहेको छ ।”

कृषि प्राविधिक शर्माका अनुदान र प्रवर्द्धनात्मक कार्यक्रम आएपछि बाँझो जमिनमा किसानले केराखेती बढाइरहेका छन् । आगामी वर्षमा नगरपालिका तथा वडा कार्यालयसँगको सहकार्यमा किसानलाई प्रोत्साहन हुने कार्याक्रम ल्याइने उनको भनाइ छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ३ : ०५ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख