२० मंसिर २०८२, शनिबार | December 6, 2025

कार्यदलको बैठक सकियो, शिर्ष नेताहरुबीच छलफल हुने



काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सकिएको छ ।

बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा शनिबार सम्पन्न बैठक सहमति नजिक पुगे पनि निष्कर्षमा भने नपुगेको कार्यदलका संयोजक कानुनमन्त्री पदम गिरीले जानकारी दिए ।

उनले व्यक्तिको नाम उल्लेख नगरी समस्याग्रस्त रहेका सहकारीको नाम उल्लेख गर्ने र ऋण लिएका कम्पनिको नाम समेत उल्लेख समेत गरेर छानबिन समिति गठन गर्ने विषयमा करिब सहमति भएको बताए ।

अब कार्यदलमा भएको छलफललाई आजै बालुवाटारमा बस्ने शिर्ष नेताहरुसहितको बैठकमा प्रस्तुत गर्ने मन्त्री गिरीले बताए ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका  प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ७ : १२ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति