७ असार २०८१, शुक्रबार | June 21, 2024

कार्यदलको बैठक आज पनि बस्दै



काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ ।

बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा ९ बजे बस्ने बताइएको छ ।

यस अघि विहिबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन ।

सत्ता पक्षले आज सहमति हुने दाबी गरेपनि कांग्रेसले भने आफुहरु आफ्नो मागमा अडिक रहेको प्रतिक्रिया दिएका छन् ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका  प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ८ : ०४ बजे

शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : डा. बाबुराम भट्टराई

माओवादी विद्रोहको नेतृत्व तह हुँदै संसदीय राजनीतिमा स्थापित पूर्वप्रधानमन्त्री डा

निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान

उपप्रधानमन्त्री श्रेष्ठ ‘एसिया सहयोग संवाद’मा भाग लिन इरान जाने

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद

लुम्बिनी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा तिरण गौतम नियुक्त

दाङ । लुम्बिनी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा दाङका तिरण

प्रभु बैंकले जाजरकोटको खलङ्गामा ३०७ औ शाखा सञ्चालनमा ल्यायो

काठमाडौ । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा जाजरकोटको,