२९ मंसिर २०८२, सोमबार | December 15, 2025

संसदको गतिरोध हटाउन एकीकृत समाजवादीको प्रधानमन्त्रीलाई ध्यानाकर्षण



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद्को गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमालसहितका नेताहरुले संसदमा देखिएको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

एकीकृत समाजवादी सचिवालय बैठकले गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको थियो । सोही निर्णय जानकारी गराइएको हो ।

भेटमा अध्यक्ष नेपालले संसद्‌मा देखिएको गतिरोध समाधान गर्ने दिशामा प्रधानमन्त्रीको सक्रिय पहल आवश्यक रहेको बताए । जवाफमा प्रधानमन्त्रीले संसद्को अवरोध हटाउन पहल जारी रहेको आजै मात्र कांग्रेस सभापतिसँग आफुले छलफल गरेको बताएका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  १२ : ५१ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले