६ असार २०८१, बिहिबार | June 20, 2024

चितवन दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो



चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षिय राजन सुवेदी छन् । पुनको रातिनै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ८ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार ना ३ ख ७९१५ नम्बरको ट्रकका सहचालक सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो ।

नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा मध्यराति चारवटा सवारी साधन एकापसमा ठक्कर खाएका थिए । दुर्घटनामा घाइते अन्य २१ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रिजालका अनुसार काठमाडौंबाट प्यूठानतर्फ जान आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ जान आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकापसमा ठक्कर खाएका हुन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ११ : २९ बजे

पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप

काठमाडौँ । जनस्वास्थ्य कार्यालय काठमाडौँले पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाउन छुटेका

गर्भवती दीपिकालाई लिएर लन्डन गए रणवीर

काठमाडौं । बलिउडको पावर जोडी रणवीर सिंह र दीपिका पादुकोण

साउदीमा गर्मीका कारण मृत्यु हुने हज यात्रीको संख्या नौं सय नाघ्यो

काठमाडौं । साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९

भरतपुरमा श्री एयरको परीक्षण उडान शुरु

चितवन । श्री एयरले भरतपुर विमानस्थलमा परीक्षण उडान सुरु गरेको

नक्सालमा सडकमुनि छोपिएको भैरव खुला गराइयो

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नक्सालमा सडकमुनि छोपिएको भैरवलाई गएको मंगलबार