२ पुस २०८२, बुधबार | December 18, 2025

बजेटले दलहन र खाद्य उद्योगीलाई उत्साह दिएन



नेपालगन्ज । आव २०८१/८२ को बजेटले उद्येगीहरुमा उत्साह नथपेको उद्योगी प्रदीप छाजेडले प्रतिक्रिया दिएका छन् । बजेटमा विशेषगरि दलहन र खाद्य उद्योगीहरुलाई निरास बनाएको छाजेडले बताए ।

खबरकुरासँग कुरा गर्दै केएल दुगड ग्रुपका प्रबन्ध संचालक छाजेडले तयारी र कच्चा दाल दुबै दलहन जन्य खाद्यमा १० प्रतिशत अग्रीम आयकर लगाएर दलहन उद्योगलाई धारायायी बनाउने काम भएको प्रतिक्रिया दिए । उनले दलहनमा लगाइएको अग्रीम आयकरले तस्करी बढाउने, अण्डरबिलिङलाई बढावा दिने र मूल्य बृद्धि हुने जनाए । उनले बजेटले गहुँ आयातमा पनि आग्रीम आयकर लगाएर आधारभूत खाद्यान्ह प्रयोग गर्ने उपभोक्तालाई मार पारिएको बताए । गहुँबाट उत्पादन हुने मैदामा १.५ प्रतिशत अग्रीम आयकर लाग्दा गहुँमा २.५ प्रतिशत अग्रीम आयकर लगाइएको उनले बताए ।

दलहन र खाद्यान्हमा अग्रीम आयकर लगाउने अर्थमन्त्रीले त्यसको बिकल्पमा कृषकहरुलाई उत्पादनमा दिने सहुलियत र अनुदानका बारेमा बजेटमा उल्लेख नभएको पनि उनले टिप्पणी गरे । कृषि उत्पादनको पर्याप्त समभावना सुनिश्चित नगरि कर असुलिमा मात्र ध्यान केन्द्रीत गर्दा उपभोक्ताहरु महङ्गीको मारमा पर्ने उद्योगी छाजेडको आँकलन छ ।

उनका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने मालबाहक ट्रक र बुलेटहरुमा प्रवेश शुल्क लगाईएको छ । मालबाहक ट्रकले प्रति ट्रक १ हजार ५०० तिरेर ७२ घण्टामा फर्कनु पर्ने र ग्यांस बुलेटले सोही रकममा ९६ घण्टा भित्र अनलोड गर्नु पर्ने गरि व्यवस्था मिलाईएको छ । जसका कारण ढुवानीमा मूल्य बृद्धि हुन सक्ने उनले आँकलन गरे । तयारी मसलाहरुमा गरिएको करको दर बृद्धिले भने नेपाली उद्योगीहरुले फाइदा लिन सक्ने छाजेडले बताए ।

सुतिजन्य कपडाहरुमा समेत मुल्य अभिबृद्धि कर लगाईएको जनाउँदै उनले स्वदेशमा उद्योग स्थापनाको वातावरण सृजना नगरि सुतिजन्य कपडाहरुमा मुल्यअभिबृद्धि कर लगाउँदा आधारभुत वर्गका उपभोक्ताहरुलाई महङ्गीको मर्का पर्ने उनको ठहर छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ८ : २८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल