४ पुस २०८२, शुक्रबार | December 19, 2025

केजरीवालले अन्तरिम जमानत लम्ब्याउन गरेको निवेदन सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं । सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको म्याद थप गर्न माग गरेको निवेदनमाथि सुनुवाइ गर्न अस्वीकार गरेको छ ।

कानुनी मामिलामा रिपोर्टिङ गर्ने वेबसाइट लाइभ लका अनुसार सर्वोच्च अदालतले गिरफ्तारीलाई चुनौती दिने निवेदनमाथिको निर्णय सुरक्षित रहेको जनाएको छ । यस विस्तार याचिकाको मुख्य याचिकासँग कुनै सम्बन्ध नरहेको जनाएको छ ।

केजरीवालले आफ्नो स्वास्थ्यको कारण देखाउदै आफ्नो अन्तरिम जमानत ७ दिन थप गर्न माग गरेका थिए ।

केजरीवाल दिल्लीको खारेज गरिएको रक्सी नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा अन्तरिम जमानतमा छुटेका थिए । उनको जमानत जुन १ मा सकिँदैछ ।

केजरीवालले लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

गत मे १० मा सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर उनी तिहारबाट बाहिरिएका थिए । उनलाई प्रवर्तन निर्देशनालयले मार्च २१ मा पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  १ : १६ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा