१३ भदौ २०८३, शनिबार | August 29, 2026

नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनबीच सहकार्य



काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबीच न्यूरो सेवा आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी अस्पतालका मेडिकल निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंह र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले समझदारीपत्रमा हस्ताक्षर गरे । त्यसअवसरमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र फाउन्डेसनका कार्यकारी अध्यक्ष प्राडा मधु दिक्षित देवकोटाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले समझदारीबाट बहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारी र तिनका परिवारलाई न्यूरोसम्बन्धी उपचारमा थप सहजता हुने विश्वास व्यक्त गरे । “समझदारीका लागि फाउन्डेसनलाई धन्यवाद छ, अब यसको कार्यान्वयनमा जोड दिनुपर्छ । त्यसका लागि दुवै निकायको समन्वय र सहकार्यमा दुवै पक्षलाई लाभ हुने गरी अगाडि बढाउनुपर्छ । साथै नेपाल प्रहरी भविष्यमा पनि यस्ता सेवामूखी काममा हातेमालो गर्न तयार छ”, महानिरक्षक कुँवरले भने ।

कार्यक्रममा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्राडा देवकोटाले समझदारीबाट गुणस्तरीय सेवा, शिक्षा र अनुसन्धानका काममा सहयोग पुग्ने बताए । उनले फाउण्डेसनसँग सहकार्यका लागि नेपाल प्रहरीको नेतृत्व र प्रहरी अस्पताल व्यवस्थापन पक्षलाई धन्यवाद दिए ।

फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत गुरूङले समझदारीलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपाल प्रहरी अस्पतालको न्यूरो क्षेत्रमा विकास र सम्बन्धित विषयमा तालिम दिन फाउन्डेसन तयार रहेको बताए ।

सम्झौताअनुसार अस्पतालको सेवा सुविधाअन्तर्गत विशेषज्ञ सेवाहरू आदानप्रदान गर्ने, आवश्यकताको आधारमा तालिम तथा सेमिनारमा सहभागी गराइने, बहालवाला प्रहरी कर्मचारी र पूर्वप्रहरी कर्मचारी तथा तिनका आश्रित परिवारलाई औषधी र बहिरङ्ग सेवा (ओपिडी), बेड भर्ना, शल्यक्रियालगायत सेवामा हाल लिइरहेको दरमा ७५ प्रतिशत शुल्क तथा नेपाल प्रहरी अस्पतालबाट रिफर हुने अन्य जोकोहीलाई ती सेवामा ९० प्रतिशत शुल्क मात्र न्यूरो अस्पतालले लिने उल्लेख गरिएको छ । साथै नेपाल प्रहरी अस्पतालबाट रिफर हुने बहालवाला र सेवा निवृत्त प्रहरी, तिनका परिवारको नेपाल प्रहरी अस्पतालबाट उपलब्ध रिपोर्टहरू न्यूरो अस्पतालले स्वीकारी उपचार गर्ने लगायतका सुविधा उपलब्ध हुनेछन् । सम्झौता पाँच वर्षसम्म लागू हुनेछ ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूलगायत उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ६ : १८ बजे

रसुवा बाढीबाट मृत्यु हुनेको संख्या ६ सय २६ पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो १४ः००

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाबाट ४ करोड ५४ लाख १४ हजार रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ

त्रिशूली ‘थ्रि-ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो