२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

अत्याधिक गर्मी बढेपछि तिलोत्तमा नगरपालिका सबै विद्यालय असार १४ गते सम्म बन्द



तिलोत्तमा । तराईमा दिनानुदिन तापक्रम बढ्दै गएर बालबालिका प्रभावित हुन थालेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने विद्यालयहरुमा गर्मी बिदा दिएको छ । तिलोत्तमा नगरभित्र रहेका सामुदायिक एवं संस्थागत सवै विद्यालय जेठ १८ गते देखि असार १४ गते सम्म बन्द गर्ने निर्णय गरेको तिलोत्तमा नगरपालिकाले जनाएको हो ।

नगरप्रमुख रामकृष्ण खाँणले बिहीबार एक विज्ञप्ति जारी गरी अत्याधिक गर्मीका कारण पठनपाठन संचालन गर्न समस्या भएकाले शुक्रबारदेखि असार १४ गतेसम्म बिदा दिएको बताएका हुन् ।

‘तिलोत्तमा नगरपालिकाको मिति २०८१/२/१७ गतेको नगरप्रमुख स्तरीय निर्णयानुसार केही दिनदेखि बढ्दै गएको अत्याधिक गर्मीका कारण विद्यार्थीहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएको हुँदा विद्यालयमा सहज पठनपाठन गर्न समस्या भएकाले मिति २०८१/२/१८ गतेदेखि २०८१/०३/१४ गतेसम्म वार्षिक बिदाबाट मिलान हुने गरी नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने व्यहोरा सम्बन्धीत सबैमा जानकारी गराइन्छ ।’-सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ४ : ५१ बजे

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

झापा । मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै