२२ माघ २०८२, बिहिबार | February 5, 2026

त्रिविको सम्पत्ति खोजबिन गर्न सरकारले बनायो समिति



काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ ।

जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समितिको सदस्यमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी, त्रिविका विज्ञ सदस्य प्रा.डा. प्रेमसागर चापागाईंलाई नियुक्त गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

समितिको सदस्यसचिव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिवलाई तोकिएको छ ।

समितिले त्रिविका नाममा विभिन्न ठाउँमा रहेका जग्गामध्ये प्रारम्भिक चरणमा उपत्यकाभित्रको जग्गाको अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य चलअचल सम्पत्तिको खोज तथा लगत सङ्कलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्नेछ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ७ : ३७ बजे

काश्मिर समस्या समाधान बिना दक्षिण एसियामा दिगो शान्ति सम्भव छैन : पाकिस्तान

काठमाडौं । ‘काश्मिर एक्यवद्धता दिवस’को अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले एक

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन,

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु मुस्ताङ । यहाँस्थित वारागुङ

‘खल्तीबाट उम्मेदवार छानिएको’ भन्दै रास्वपा प्रवास सल्लाहकार डा. कुँवरद्वारा पार्टी परित्याग

बुटवल । उम्मेदवारीका लागि प्राइमरी इलेक्सन शुल्क बुझाइसक्दा पनि सिधै

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५