१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक ११ गतेसम्म बन्द



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मुलुकभर उत्पन्न असामान्य परिस्थितिका कारण आगामी कात्तिक ११ गतेसम्म सम्पूर्ण पठनपाठन कार्य स्थगित गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयले लामो बिदा दिने निर्णयसँगै यस अवधिको ‘हिउँदे बिदा’ कटौती गर्ने जनाएको छ ।

त्रिवि रजिष्ट्रार कार्यालयअन्तर्गत सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्ली थापा क्षेत्रीले सूचना जारी गर्दै असोज ११ गतेपछि मात्रै नियमित कक्षा सञ्चालन हुने जानकारी गराएका हुन् ।

यसबीच दशैं, तिहार र छठजस्ता चाडपर्वका बिदा पनि परेकाले विद्यार्थी र शिक्षकहरूलाई एकैपटक लामो बिदा हुने भएको छ । सूचनाअनुसार, भदौ २९, ३०, ३१ र असोज १, २, ५ तथा ९ गते बिदा दिइनेछ ।

त्रिविले नियमित पठनपाठन कात्तिक ११ गतेदेखि मात्र सुरु हुने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ८ : २९ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि