२२ माघ २०८२, बिहिबार | February 5, 2026

पश्चिम नवलपरासीमा हुरीबतासले विद्युत् अवरुद्ध



सुस्ता पश्चिम । बिहीबारको हुरीबतासका कारण पश्चिम नवलपरासीका केही स्थानमा पूर्णरुपमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

हुरीले विद्युत्का अधिकांश तारपोलमा क्षति पुगेको छ । जिल्लाका दुई विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा बढी बर्दघाट वितरण केन्द्रमा क्षति भएको छ । उक्त वितरण केन्द्रअन्तर्गतका सरावल गाउँपालिका-२ को विद्युत् ट्रान्सफर्मर पूर्णरुपले क्षति भएको छ । जम्मा १३ वटा ट्रान्सफर्मरमा क्षति भएको परासी विद्युत् वितरण केन्द्रका इन्जिनियर रमाशङ्कर शाहले बताए ।

जिल्लाका अधिकांश क्षेत्रमा बिहीबार रातिदेखि विद्युत् सेवा अवरुद्ध रहेको उनले जानकारी दिए । सबै ट्रान्सरफर्मर मर्मत गरी विद्युत् पुनः सञ्चालन गर्ने तयारी गरेपनि सञ्चालनमा चुनौती देखिएको उनको भनाइ छ । हुरीका कारण जिल्लाभरि एक सय बढी पोलहरु ढलेको इन्जिनियर शाहले जानकारी दिए ।

उनका अनुसार हुरीका कारण विद्युत्को तार, पोल, एल्टी र ट्रान्सफर्मरलगायतका सामान गरी करिब ९० लाख बराबरको क्षति भएको छ । जिल्लाको रामग्राम, सुनवल, बर्दघाट नगरपालिका, सरावल र प्रतापपुर गाउँपालिका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ७ : ४६ बजे

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन,

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु मुस्ताङ । यहाँस्थित वारागुङ

‘खल्तीबाट उम्मेदवार छानिएको’ भन्दै रास्वपा प्रवास सल्लाहकार डा. कुँवरद्वारा पार्टी परित्याग

बुटवल । उम्मेदवारीका लागि प्राइमरी इलेक्सन शुल्क बुझाइसक्दा पनि सिधै

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी