२२ भदौ २०८३, सोमबार | September 7, 2026

बाढीले नवलपरासीमा निर्माणधीन पुल बगायो



नवलपरासी (बर्दघाट-सुस्तापूर्व) । सोमबार बेलुकादेखि परेको अविरल वर्षापछि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को बौदीखोलामा आएको बाढीले बौदीकालीमा निर्माणाधीन पुल बगाएको छ ।

जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं.१ र २ जोड्नका लागि शेरामा निर्माणाधीन पुलको स्ल्याब र बिम बगाएको हो ।

बौदीकालीका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले गाउँपालिकालाई जिल्ला सदरमुकाम कावासोतीसँग जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको फलामे संरचनालाई बाढीले बगाएको जानकारी दिए ।

प्रदेश सरकारको रु तीन करोड ५० लाखको लागतमा निर्माण भएको पुलको काम अन्तिम चरणमा पुगेको थियो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार सो पुलको बिहीबार ढलान गर्ने तयारीका साथ काम भइरहेको थियो । खोलामा आएको बाढीले ढलानका लागि तयारी अवस्थामा रहेको पुल बगाएपछि लाखौँ रुपैयाँको नोक्सानी भएको सुवेदीले बताए ।

यसैबीच अविलरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीका कारण नवलपुर र तनहुँ जोड्ने पक्की पुल जोखिममा परेको छ । बौदीकाली-४ र तनहुँको घिरिङ गाउँपालिका-४ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको पक्की पुल जोखिममा परेको सुवेदीले बताए ।

बर्सातका कारण बौदीकाली क्षेत्रको जमीनको केही भाग भासिएको छ भने घिरिङतर्फ पुलको सपोर्टिङ ग्याबिन बगाएको छ । पुलमा जोखिम बढेपछि यस क्षेत्र भएर हिँड्ने सवारी साधन सञ्चालनमा रोक लगाइएको सुवेदीले बताए । रासस

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ८ : ५६ बजे

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार