१६ माघ २०८२, शुक्रबार | January 30, 2026

बुटवलमा नारायणहिटी दरबार हत्याकाण्डको स्मरण गर्दै दीप प्रज्वलन



बुटवल । तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि भएको नारायणहिटी दरबार हत्याकाण्डको सम्झनामा बुटवलमा दीप प्रज्वलन गरिएको छ । तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि भएको राजदरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको स्मृतीमा हिमानी ट्रस्ट रुपन्देहीले शनिबार बुटवल(११ देविनगरमा दीप प्रज्वलन गरिएको हो ।

स्व. राजा विरेन्द्र शाहको परिवारको २३ वर्षअघि आजकै दिन वंशनाश भएको स्मृतीमा दीप प्रज्वलन गरिएको हिमानी ट्रस्ट रुपन्देहीको संयोजक प्रजुना श्रेष्ठ शिलवालले बताइन । हालसम्म पनि हत्याकाण्ड रहस्यमय हुनु नेपाली जनताका लागि दुःखद रहेको कार्यक्रमका अतिथि रुपसिंह थापाले बताए ।

करिब ३ सय जना सहभागी रहेको कार्यक्रमको स्वागत कृशला न्यौपाने, सञ्चालन भिमनाथ शर्मा र व्यवस्थापन रोशन क्षेत्रीले गरेका थिए ।

२०५८ जेठ १९ गते राति सवा ९ बजे नारायणहिटी राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो । उक्त हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्र शाहलाई मुख्य दोषी देखाइएको थियो तर जनमानसले अहिलेसम्म त्यसलाई पत्याएका छैनन् ।

शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो । घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो । यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो ।

उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन् ।

२०६२/६३ को जनआन्दोलनमार्फत पुनस्स्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोस्यो । २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्र समाप्त भयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ९ : २६ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी