१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

देशलाई समृद्ध बनाउन युवा लाग्नुपर्छ : अध्यक्ष ओली



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने अभिभारा युवाको रहेको बताए ।

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा राष्ट्रिय युवा सङ्घको तेस्रो पूर्ण बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले युवाले नै देशलाई समृद्ध, आधुनिक, न्यायोचित र शान्तिपूर्ण बनाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले अहिले समाजमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न अराजक प्रवृत्तिविरुद्ध युवा लाग्नुपर्नेमा जोड दिए । उनले समाजमा अराजक फैलाउनेविरुद्ध अहिले समाजमा कोही पनि बोल्नेमान्छे नभएको बताए । “हामीले हाम्रो समाज अराजक बनाउने खोजेको होइन । प्रजातान्त्रिक बनाउन खोजेको हो”, उनले भने, “हामी एउटा सभ्य, लोकतान्त्रिक, न्यायपूर्ण र समृद्ध समाज बनाउन चाहन्छौँ ।”

उनले युवामा सत्य र निष्ठाका साथ अथाडि बढ्न सक्ने क्षमता हुने भन्दै अनावश्यक सम्झौता नगर्न समेत आग्रह गरे । उनले उद्यमशीलता युवाको विशेषता रहेको भन्दै अहिलेदेखि योजनाबद्ध ढङ्गले काम गर्नुपर्ने भनाइ राखे ।

अध्यक्ष ओलीले एमालेले २०८४ सालको निर्वाचनमा अत्यधिक बहुमत ल्याउनुपर्ने भन्दै त्यसमा युवाको जिम्मेवारी ठूलो रहेको बताए ।

सो पार्टी महासचिव शङ्कर पोखरेलले समाज र देश बदल्ने जिम्मा युवाको रहेको भन्दै राष्ट्र र पार्टीलाई केन्द्रविन्दुमा राखेर युवाले समाज र आर्थिक उन्नति गर्नुपर्ने सुझाव दिए । उनले युवाको आन्दोलनले विदेश गएका युवा पनि मुलुकमा नै केही गर्दछु भन्ने भावना पैदा गर्नुपर्ने धारणा राखे ।

युवा सङ्घका प्रवक्ता निरज पौडेलले भोलिसम्म चल्ने बैठकमा प्रदेश, जिल्ला र पालिका अधिवेशन र समसामयिक विषयमा छलफल हुने बताए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ९ : ४७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले