१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

देशलाई समृद्ध बनाउन युवा लाग्नुपर्छ : अध्यक्ष ओली



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने अभिभारा युवाको रहेको बताए ।

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा राष्ट्रिय युवा सङ्घको तेस्रो पूर्ण बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले युवाले नै देशलाई समृद्ध, आधुनिक, न्यायोचित र शान्तिपूर्ण बनाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले अहिले समाजमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न अराजक प्रवृत्तिविरुद्ध युवा लाग्नुपर्नेमा जोड दिए । उनले समाजमा अराजक फैलाउनेविरुद्ध अहिले समाजमा कोही पनि बोल्नेमान्छे नभएको बताए । “हामीले हाम्रो समाज अराजक बनाउने खोजेको होइन । प्रजातान्त्रिक बनाउन खोजेको हो”, उनले भने, “हामी एउटा सभ्य, लोकतान्त्रिक, न्यायपूर्ण र समृद्ध समाज बनाउन चाहन्छौँ ।”

उनले युवामा सत्य र निष्ठाका साथ अथाडि बढ्न सक्ने क्षमता हुने भन्दै अनावश्यक सम्झौता नगर्न समेत आग्रह गरे । उनले उद्यमशीलता युवाको विशेषता रहेको भन्दै अहिलेदेखि योजनाबद्ध ढङ्गले काम गर्नुपर्ने भनाइ राखे ।

अध्यक्ष ओलीले एमालेले २०८४ सालको निर्वाचनमा अत्यधिक बहुमत ल्याउनुपर्ने भन्दै त्यसमा युवाको जिम्मेवारी ठूलो रहेको बताए ।

सो पार्टी महासचिव शङ्कर पोखरेलले समाज र देश बदल्ने जिम्मा युवाको रहेको भन्दै राष्ट्र र पार्टीलाई केन्द्रविन्दुमा राखेर युवाले समाज र आर्थिक उन्नति गर्नुपर्ने सुझाव दिए । उनले युवाको आन्दोलनले विदेश गएका युवा पनि मुलुकमा नै केही गर्दछु भन्ने भावना पैदा गर्नुपर्ने धारणा राखे ।

युवा सङ्घका प्रवक्ता निरज पौडेलले भोलिसम्म चल्ने बैठकमा प्रदेश, जिल्ला र पालिका अधिवेशन र समसामयिक विषयमा छलफल हुने बताए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ९ : ४७ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर