१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

स्रोत नखुलेको रकमसहित आठ जना पक्राउ



काठमाडौँ । काठमाडौं महानगरपालिका-७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट स्रोत नखुलेको ७२ लाख रूपैयाँसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२४ न्यूरोड बस्ने भोजपुर पौवा डुग्मा गाउँपालिका-४ घर भएका ५० वर्षीय भिमसेन विश्‍वकर्मा र २९ वर्षीय खेमराज विश्‍वकर्मा रहेका छन् । उक्त गेस्ट हाउसमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

त्यस्तै पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ४ लाख ८२ हजार नेपाली रूपैयाँ र १ लाख ७२ हजार ५ सय भारतीय रूपैयाँसहित धादिङ धुनीवेशी नगरपालिका-१ बस्ने ३२ वर्षीय राजन तामाङ समेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेकको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा।२० च ४८४१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १२ : ५० बजे

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले