२१ मंसिर २०८२, आइतबार | December 7, 2025

ठगीको आरोपमा पक्राउ परेका लामा सार्वजनिक



काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सिबी लामालाई आज काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ ।

लामाविरुद्ध कान्तिपुर बचत तथा ऋण सहकारी लिमिटेडमा रहेको बचतकर्ताको रु एक अर्ब ५१ करोड ठगी गरेको भन्दै आठ सय ५२ जनाले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा केही दिनअघि पक्राउ परेका उनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

सिबी लामा भनिने ४९ वर्षे चन्द्रबहादुर तामाङ काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका(५ घर भई हाल ललितपुरको बालकुमारीस्थित वस्टेर्न अपार्टमेन्टमा बस्दै आएका थिए । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामाविरुद्ध गत फागुन २० गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी दिए ।

पक्राउ परेका लामाका साथबाट प्रहरीले सामसुङ कम्पनीको दुई थान मोबाइल, नोकियाको एक थान मोबाइल र ६ वटा सीम बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार लामा अध्यक्ष रहेको पशुपति बचत तथा ऋण सहकारीविरुद्ध पनि गत भदौमा ५४ जनाले उजुरी दिएका थिए । उनीविरुद्ध सो सहकारीमा भएको रु १२ करोड रकम हिनामिना गरेको आरोप छ । सो सहकारीको रकम अपचलनका सम्बन्धमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ६ : २३ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न